सातै स्थानीय तहमा यातायात « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

सातै स्थानीय तहमा यातायात


२८ बैशाख २०७६, शनिबार


डडेल्धुरा । डडेल्धुराको सातवटै स्थानीय तहमा यायतायात सेवा को पहँच पुगेको छ । जिल्लाका सात स्थानीय तहका ५२ वटा वडासँगै सडक यातायातको पहुँच सहज हुँदै गएको छ । सातवटै स्थानीय तहका ५२ वडा मध्ये ५० वडाका केन्द्रसम्म यातायातको पहुँच पुगेको छ । विकासको पहिलो आधार भनेकै सडक भएको भन्दै सडक निर्मालाई तीव्रता दिएसँगै जिल्लाका दुर्गम ग्रामीण क्षेत्रमा पनि यातायात पुगेपछि स्थानीय बासिन्दालाई सहज भएको छ ।

स्थानीय तहले गाउँपालिकाको केन्द्रदेखि वडा कार्यालयसम्म जोड्ने गरी सडक निर्माणलाई तिव्रता दिएको छ । सडक निर्माणसँगै यातायात सञ्चालन हुँदा ग्रामीण क्षेत्रमा उत्पादन हुने कृषिजन्य वस्तुको बिक्री गर्न बजारसम्म पुग्ने तथा बिरामीलाई अस्पतालसम्म लैजान सहज भएको गन्यापधुरा गाउापालिका–४का स्थानीयले बताएका छन् ।

स्थानीय तहका सबै वडामा यातायत पुगेसँगै कृषकका स्थानीय उत्पादन बजारसम्म पु¥याउन र बजारका खाद्य सामग्री गाउँमा लैजान सहज भएको अजयमैर–१ का वडाध्यक्ष दत्तिसिंह भण्डारीले जानकारी गराए । व्यापारी पनि सर्वसाधारणको हितका लागि भन्दै नुनतेलसँगै खाद्य सामग्री बेचबिखनका लागि गाउँमै आउने गरेको अजयमेरु–२ का विश्ना खातीले बताए ।

स्थानीय सरकारको गठन भएसँगै सडक निर्माणलाई पहिलो प्राथमिकतामा राखेर काम गरेको भए पनि अधिकांश ग्रामीण सडक मापदण्डअनुसारका नभएकाले दुर्घटनाको जोखिम पनि उत्तिक्कै रहेको छ । सडक निर्माणसँगै स्तरोन्नति गरी ग्रामीण क्षेत्रमा बाह्रै महीना यातायात सञ्चालन गर्न सकिने सडक निर्माण गर्नु आवश्यक रहेको स्थानीयवासी बताउँछन् ।

जनप्रतिनिधिले अफ्नो पहिले काम गाउँगाउँमा सडक खन्ने रहेको छ । गाउँमा सडक पुगेसँगै मापदण्डअनुसार बाटो नहुँदा र दैनिक सवारीसाधन नचल्दा जोखिम मोलेर यात्रा गर्न सर्वसाधारण बाध्य छन् । सडकको स्तरोन्नति पनि चाँडै गरिने जनप्रतिनिधिको भनाइ छ । “हालसम्म बाटो पुर्‍याउने काम भयो, अब स्तर उकास्नमा लगानी गरिने छ ”, गन्यापधुरा गाउँपालिकाका अध्यक्ष नवलबहादुर मल्लको भनाइ छ ।

सेमी कभर्ड हल बन्ने

यहाँ पहिलोपटक सेमी कभर्डहलको निर्माण हुने भएको छ । जिल्ला सदरमुकाम टुँडिखेलमा रहेको मिनी कभर्डहल गत साउनको वर्षात्का कारण भत्किएपछि टुँडिखेलमै सेमी कभर्डहल निर्माण हुनथालेको हो ।

३० मिटर लम्बाइ र २० मिटर चौडाइ भएको कभर्डहलको उचाइ ३० फिटको हुनेछ । करीब दुई करोड ५० लाख लागतमा निर्माण हुने कभर्डहल बनाउन हाल पहिलो चरणमा राष्ट्रिय खेलकूद परिषद्ले १० लाख विनियोजन गरेको जिल्ला खेलकूद विकास समिति डडेल्धुराका अध्यक्ष राजेन्द्र मगरले बताए ।

कभर्डहल एक वर्षभित्र निर्माण सम्पन्न हुने गरी काम सञ्चालन भएको छ । सेमी कभर्डहल निर्माण भएपछि इन्डोरका सबै खेल गर्न सकिने भएको छ । निर्माण हुने सेमी कभर्डहलको शुक्रबार सांसद नीरा जैरुले शिलान्यास गर्नुभयो । कभर्डहल नहुँदा यहाँका खलाडीले वर्षात् र हिउँदको समयमा इन्डोरका खेल खेल्न पाएका थिएनन् ।

सेमी कभर्डहल निर्माण भएपछि इन्डोरका खेल सञ्चालनका लागि सहज हुने भएकाले खेलाडी खुशी भएका छन् । जिल्लामा रहेको एक मात्र मिनी कभर्डहल भत्किएपछि इन्डोरका खेल शून्यजस्तै हुँदा सम्पूर्ण खेल प्रभावित भएको र खेलकूदको विकासमासमेत बाधा पुगेको गुनासो खेलाडीले गर्दै आएका छन् ।

कभर्डहल निर्माण हुने भएपछि खेलाडीको हौसला बढेको डडेल्धुरा क्याम्पसका स्ववियु सभापति तथा भलिबल खेलाडी जगत ऐरले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस