जेलभित्रै आत्महत्या प्रयास गरेका घिसिङको मृत्यु « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

जेलभित्रै आत्महत्या प्रयास गरेका घिसिङको मृत्यु


२८ बैशाख २०७६, शनिबार


चितवन । इलाका प्रहरी कार्यालय रत्ननगरको थुनुवाकक्षमा आत्महत्याको प्रयास गरेका समीर घिसिङको उपचारका क्रममा मृत्यु भएको छ । घिसिङको उपचारका क्रममा पुरानो मेडिकल कलेजमा शुक्रबार राति ११ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

चोरीको अभियोगमा वैशाख २५ गते पक्राउ परेका कालिका नगरपालिका–१ सूर्यपुरका २४ वर्षीय घिसिङले २६ गते दिउँसो थुनुवाकक्षमा रहेको शौचालयमा नै आत्महत्याको प्रयास गरेका थिए ।

घिसिङले आत्महत्याको प्रयास गरेसँगै प्रहरीको कमजोरीका कारण घटना भएको भन्दै बिहीबार राति आफन्त र स्थानीयवासीले इलाका प्रहरी कार्यालय र प्रहरी चौकी पदमपुरमा तोडफोड गरेका थिए ।

प्रतिक्रिया दिनुहोस