धारिलो हतियार प्रहारबाट मृत्यु, अभियुक्त पक्राउ « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

धारिलो हतियार प्रहारबाट मृत्यु, अभियुक्त पक्राउ


प्रशासन संवाददाता

२६ बैशाख २०७६, बिहिबार


pakrau

ललितपुर । ललितपुर महानगरपालिका-२६ ढोलाहिटी बस्ने २५ वर्षीया अञ्जना लामा महतलाई धारिलो हतियार प्रहार गरी हत्या गरेको अभियोगमा मृतकका आफ्नै जेठाजु ३५ वर्षीय उज्वल महतलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

उज्वलले धारिलो हतियार खुकुरी प्रहार गर्दा अञ्जना लामाको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त चापागाउँबाट खटिएको प्रहरीले उज्वललाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस