निजामती सेवाको विधेयकमाथि दफावार छलफल सुरु « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

निजामती सेवाको विधेयकमाथि दफावार छलफल सुरु


प्रशासन विशेष ब्युरो

२५ बैशाख २०७६, बुधबार


समायोजन

काठमाडौँ । सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि दफावार छलफल सुरु भएको छ ।

सिंहदरवारस्थित संसद्को राज्य व्यवस्था तथा सुशासन समितिको बुधवार बसेको बैठकमा विधेयकका दफाहरूबारे छलफल भएको हो ।

छलफलका क्रममा कर्मचारीको परिवारको परिभाषा भित्र तीन पुस्ते(आमाबुवा, श्रीमानश्रीमती र छोराछोरी) मात्रै राख्ने बारे सहमति भएको छ ।

विधेयककाको दफा २ को (च) मा ‘परिवार’ भन्नाले निजामती कर्मचारी बस्ने तथा निज आफैले पालनपोषण गर्नुपर्ने पति, पत्नी, छोरा, अविवाहित छोरी, धर्मपुत्र, अविवाहित धर्मपुत्री, बाबु आमा वा सौतेनी आमा सम्झनुपर्छ र सो शब्दले पुरुष र अविवाहित महिला कर्मचारीको हकमा निजको बाजे बज्यै तथा विवाहित महिला कर्मचारीको हकमा नजिकको सासू ससुरासमेत जनाउँछ भन्ने उल्लेख भएकोमा ‘सौतेनी आमा, बाजे र बज्यै’ लाई हटाएको छ ।

सौतेनी आमालाई परिवारको सदस्यमा समावेश गर्दा बहुविवाहलाई मान्यता दिएको जस्तो देखिने तथा महिलाको सासू ससुरा राख्ने भए पुरुषको किन नराख्ने ? भन्ने लगायतका प्रश्नहरू उठेका थिए ।

राज्य व्यवस्था समितिमा छलफलका क्रममा रहेको विधेयक समितिबाट पारित भएपछि संसद् हुँदै राष्ट्रपतिबाट प्रमाणीकरण गरेसँगै कार्यान्वयनमा आउने छ ।

Tags :
प्रतिक्रिया दिनुहोस