१० सहसचिवको सरुवा, हेर्नुहोस् को कहाँ ? « प्रशासन
Logo ६ चैत्र २०८०, मंगलबार
   

१० सहसचिवको सरुवा, हेर्नुहोस् को कहाँ ?


प्रशासन विशेष ब्युरो

२५ बैशाख २०७६, बुधबार


सह सचिव

काठमाडौँ । सरकारले १० जना सहसचिवको सरुवा गरेको छ ।

सोमबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रालय, आयोग तथा प्रदेशमा कार्यरत १० जना सहसचिवको सरुवा गर्ने निर्णय गरेको हो ।

राष्ट्रिय सूचना आयोगका सहसचिव सुशील ढकाललाई प्रदेश नम्बर २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सरुवा गरिएको छ । नेपाल ट्रस्टको कार्यालयका राजेश्वर ज्ञवालीलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय वा अन्तर्गतको कार्यालयमा सरुवा गरिएको स्रोतले प्रशासनलाई जानकारी दियो ।

त्यसैगरी उपराष्ट्रपतिको कार्यालयका तेजराज पाण्डेलार्य प्रदेश नम्बर २ को सामाजिक विकास मन्त्रालयमा सरुवा गरिएको छ भने खाने पानी मन्त्रालयका शङ्कर प्रसाद सुवेदीलाई प्रदेश नम्बर २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरिएको छ ।

सरकारले राष्ट्रिय सतर्कता केन्द्रका सहसचिव विष्णुराज लामिछानेलाई प्रदेश नम्बर ३ को सामाजिक विकास मन्त्रालयमा सरुवा गरेको र उक्त मन्त्रालयका सहसचिव लोकनाथ पौड्याललाई सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा ल्याइएको छ ।

त्यस्तै बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका सहसचिव प्रेमकुमार श्रेष्ठलाई प्रदेश नम्बर २ को आर्थिक मामिला तथा योजना मन्त्रालयमा सरुवा गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालय, कर्णालीका सहसचिव ढुण्डीप्रसाद निरौलालाई प्रदेश ३ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव पुष्करनाथ घिमिरेलाई प्रदेश नम्बर २ को भौतिक पूर्वाधार विकास मन्त्रालय र प्रदेश नम्बर २ का भौतिक पूर्वाधार विकास मन्त्रालयका सहसचिव नियाज वारिसलाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा सरुवा गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस