कांग्रेस संविधान संशोधनको पक्षमा अडिग रहेको छ : उपसभापति निधि « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

कांग्रेस संविधान संशोधनको पक्षमा अडिग रहेको छ : उपसभापति निधि


२४ बैशाख २०७६, मंगलबार


नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले सरकारको वार्षिक नीति तथा कार्यक्रममा संघीयतालाई कार्यान्वयन गर्ने कुनै कार्यक्रम नरहेको बताएका छन् ।

नेपाल पे्रस युनियन धनुषाद्वारा आज जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘सरकारको नीति तथा कार्यक्रममा प्रदेश र स्थानीय तहलाई अधिकार सम्पन्न बनाउने कुनै कार्यक्रम छैन ।’

उपसभापति निधिले सरकारको नीति तथा कार्यक्रम अश्वासनको पोको मात्रै हो, यो कार्यक्रमविहीन र नीतिविहीन रहेको आरोप लगाउँदै संघीयता र संविधान विरोधी नीति तथा कार्यक्रमले संविधान संशोधनको मुद्दालाई पनि गौण बनाएको बताए ।

उनले कांग्रेस अहिले पनि संविधान संशोधनको पक्षमा अडिग रहेको बताउँदै मधेशवादी दल नै संविधान संशोधनमा रुचि नराखेको चर्चा गरे । उपसभापति निधिले प्रदेश नं २ को नामकरण मधेश नभई मिथिला–भोजपुरा राख्नुपर्ने धारणा व्यक्त गरे ।

Tags :
प्रतिक्रिया दिनुहोस