नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको प्रधानमन्त्रीले जवाफ दिँदै « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको प्रधानमन्त्रीले जवाफ दिँदै


२४ बैशाख २०७६, मंगलबार


काठमाडौं । आर्थिक वर्ष ०७६/७७ को नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको प्रधानमन्त्री केपी ओलीले आज जवाफ दिँदै छन् ।

सकारकारका तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारीले गत बैशाख २० गते सरकारको नीति तथा कार्यक्रम पेश गरेकी थिइन् । नीति तथा कार्यक्रममाथि २२ गतेबाट संसदमा छलफल सुरु भएको हो ।

संसदमा भएको छलफलका क्रममा विभिन्न सांसदहरुले उठाएका प्रश्नको प्रधानमन्त्रीले जवाफ दिएपछि नीति तथा कार्यक्रम पास हुनेछ ।

मङगलबार ११ बजेबाट बस्नै संसद बैठकमा प्रधानमन्त्री केपी ओलीले दिउँसो १ बजे जवाफ दिने कार्यक्रम तय भएको छ । त्यसअघि छलफल जारी रहनेछ ।

नीति तथा कार्यक्रममाथिको छलफलमा प्रमुख प्रतिपक्षलगायत विपक्षीले कार्यक्रम सतही र पुरानै विषयबस्तु समेटेको निवन्ध भनेका छन् ।

नीति तथा कार्यक्रम पारित भएपछि सरकारलाई बजेट ल्याउने बाटो खुल्नेछ । आगामी जेठ १५ गते बजेट सार्वजनिक गर्ने योजना छ ।

Tags :
प्रतिक्रिया दिनुहोस