२८ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कुमारी झरना पर्यटकको रोजाइमा

अ+ अ-

गलेश्वर । उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४, नारच्याङमा रहेको कुमारी झरनाको रुपमा परिचित नारच्याङ झरना आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्दै जान थालेको छ ।

पहाडको टुप्पोबाट कलकल गर्दै झर्ने निकै सुन्दर, आकर्षक र मनमोहक झरना पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्ने गरेको छ ।

बेनी–जोमसोम मोटरबाटो (कालीगण्डकी करिडोर) अन्तर्गत कालीगण्डकी नदीको पारीपट्टी नारच्याङ खण्डमा पर्ने यो झरना अत्यन्तै आकर्षक र कुमारी झरनाको रुपमा परिचित छ ।

समुन्द्री सतहबाट एक हजार ४०० मिटरदेखि एक हजार ७०० मिटरको उचाइमा नारच्याङ झरना रहेको छ । झरनाको मात्रै उचाइ ३०० मिटरभन्दा बढी छ । मानिसको बासस्थान भन्दा पनि पहिलेदेखि त्यस ठाउँमा झरना रहेको नारच्याङवासीले अनुमान गरेका छन् ।

आफ्नै खालको विशेषता बोकेको नारच्याङ झरनामा म्याग्दीसहित देशका विभिन्न स्थानबाट आन्तरिक पर्यटक पुग्ने गरेका छन्न् भने विदेशी पर्यटक पनि नारच्याङमा बास बसेर झरनामा जान्छन् । स्थानीय आमा समूहको भवनमा बास बसेका पर्यटक एकपटक झरनामा पुगेरै फर्किन्छन् ।

नारच्याङ झरनाभन्दा माथि मानववस्ती नभएको हुँदा झरना एकदमै सफा रहेको छ भने झरनाको तल फेदीमा भुमेथानको मन्दिर पनि रहेको छ । झरनाको सुन्दरतासँगै भुमेथानको मन्दिरले थप आकर्षणसमेत थपेको छ । हरेक वर्षको जेठ वा असार महीनामा पूजाआजा हुँदै आइरहेको उक्त मन्दिरमा भाकल तथा पूजा गरेमा मनले आँटे, ताकेको र चिताएको काम बन्ने जनविश्वास रहिआएको छ ।

झरना र मन्दिर जानका लागि त्यहाँसम्म पुग्न विगतमा क्लबको पहलमा गोरेटो बाटो बनाइएको अन्नपूर्ण युवा क्लब नारच्याङका अध्यक्ष श्याम पूर्जाले बताए ।

पछिल्लो समय झरनालाई पृष्ठभूमीमा पारेर सेल्फी खिच्नकै लागि भए पनि पर्यटकहरु नारच्याङ झरनामा जाने गरेका छन् । झरनामा पुगेर आसपासका ठाउँमा साइटसिनको निकै मज्जा लिन सकिन्छ । म्याग्दी सदरमुकाम बेनीबजारबाट ३ घण्टाको यात्रामा सवारीसाधनमार्फत नारच्याङ झरनामा पुग्न सकिन्छ ।

वनभोजका लागि पनि मानिस नारच्याङ झरनामा जाने गरेका छन् । विगत केही समययता नारच्याङ झरनाको अवलोकनका साथै घुम्न र रमाउन जाने पर्यटक बढ्दै जान थालेका छन् ।

नारच्याङ झरनाले गाउँको सुन्दरता बढाउनुका साथै गर्मीयामको समयमा शीतलता समेत प्रदान गर्ने गरेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) नारच्याङका अध्यक्ष तेजबहादुर गुरुङले बताए ।

उनका अनुसार झरनाको पानीबाट गाउँमा खानेपानीको आपूर्ति, सिँचाइ गरिनुका साथै खोलामा माछा मार्ने गरिएको छ । साइटसिनको आकर्षण बोकेको सुन्दर नारच्याङ झरना बहुउपयोगी रहेकाले पछिल्लो समय फोटोसेसन गर्नेहरु ह्वात्तै बढेको उनले जानकारी दिए ।

नारच्याङ झरनाले गाउँमा थप रौनकता थपेको हुँदा नारच्याङ गाउँमा नेपाली पर्यटकको आगमनमा वृद्धि हुँदै गएको अध्यक्ष गुरुङको भनाइ छ ।

झरनामा पुगेर प्रकृतिसँगै रमाउन पाउँदा आफूलाई निकै आनन्दको अनुभूति भएको म्याग्दीका पत्रकार प्रताप वानियाँले बताए । म्याग्दी जिल्लामा रहेका थुप्रै पर्यटकीय स्थलहरुको विकास र प्रवर्द्धन गर्नुपर्ने उनको भनाइ छ ।

यता पछिल्लो समय पर्यटकीयस्थलका रुपमा चिनिएको नारच्याङ झरनाको विकास र प्रवर्द्धन गर्नका लागि योजना बनाएर अगाडि बढिने नारच्याङका वडाध्यक्ष चन्द्रप्रसाद फगामीले जानकारी दिए । झरनासम्म पुग्न पक्की पदमार्ग निर्माण गरिने, रेलिङ हालिने र व्यवस्थित सिँढीहरु बनाइने उनले बताए ।

प्रतिक्रिया दिनुहोस