गणतन्त्र लोकतन्त्रको वास्तविक स्वरुप : प्रम ओली « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

गणतन्त्र लोकतन्त्रको वास्तविक स्वरुप : प्रम ओली


२३ बैशाख २०७६, सोमबार


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र भनेको लोकतन्त्रको वास्तविक स्वरुप भएको बताएका छन् ।  गणतन्त्र दिवश मुल समारोह समितिको बैठकलाई सम्बोधन गर्दै आज प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।

प्रधानमन्त्री ओलीले गणतन्त्रलाई जनताको दिवश बनाउनु पर्ने बताएका छन् । ‘यस दिवशलाई गाउँगाउँ र घरघमा समेत मनाउने गरी तयारी गर्नुपर्दछ ‘प्रधानमन्त्री ओलीले भने ‘यो जनताको दिवश हो । जनताले जितेको उत्सवको रुपमा यसलाई मनाउनु पर्दछ । ‘

प्रधानमन्त्री ओलीले नेपालमा २००७ सालभन्दा अघि देखि नै गणतन्त्रका लागि संघर्ष भएको बताएका छन् ।’ कुनै एउटा आन्दोलनबाट मात्र नेपालमा गणतन्त्र आएको होइन ‘ प्रधानमन्त्री ओलीले भने ‘विभिन्न समयका आन्दोलन र त्यागले गणतन्त्रको स्थापना भएको हो ।’

गणतन्त्रको स्थापनाले नेपालमा जन्मसिद्ध श्रेष्ठताको सिद्धान्तलाई बिस्थापित गरेको बताए । कुनैबेला राजा बन्न पनि गणतान्त्रिक अभ्यास हुने गरेको स्मरण गर्दै प्रधानमन्त्री ओलीले पछिका शासकलाई जन्मसिद्ध श्रेष्ठताको सिद्धान्त ल्याएर गणतान्त्रिक मान्यता तोडेको प्रधानमन्त्री ओलीको भनाइ छ । ‘कुनै बेला लिगलिग कोटको राजा हुन पनि दौडमा जित्नु पथ्र्यो ।

यो कुराले त्यसबेला जन्मसिद्ध श्रेष्ठता थिएन भन्ने पुष्टि गर्छ ‘ प्रधानमन्त्री ओलीले भने ‘पछिका शासकमा जन्मसिद्ध श्रेष्ठता स्थापित गरेर जनताको अवमूल्यन गरे । गणतन्त्रले त्यस मान्यतालाई बिस्थापित ग¥यो ।’

प्रधानमन्त्री ओलीले गणतन्त्र दिवशका अवसरमा देशलाई अग्रगामी बाटो तर्फ लैजाने गरी बहस हुनु पर्ने बताएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस