गाडीबाट खसेर एकको मृत्यु « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

गाडीबाट खसेर एकको मृत्यु


२३ बैशाख २०७६, सोमबार


धुलिखेल । तेमाल गाउँपालिका–५ याङदेलमा आइतबार राति बा ५ ख ५३१८ नंको निशान गाडीबाट खसेर एक युवकको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय धुलिखेलका अनुसार भकुण्डेबेँसीबाट आँखा शिविरको प्रचारप्रसार गरी फर्केको उक्त गाडीको ढोकाको लक खुस्की खस्दा गम्भीर घाइते भएका तेमाल गाउँपालिका–२ सस्र्यूखर्कका २० वर्षीय सुनिल लामाको मृत्यु भएको हो ।

घाइते लामालाई उपचारार्थ धुलिखेल अस्पताल पठाउने क्रममा बाटोमै उनको मृत्यु भएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस