क्यान्सर पीडित महिला निरीक्षक विन्दु कुँवरलाई आर्थिक सहयोग « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

क्यान्सर पीडित महिला निरीक्षक विन्दु कुँवरलाई आर्थिक सहयोग


२३ बैशाख २०७६, सोमबार


नेपालगञ्ज । लामो समयदेखि क्यान्सर रोगसँग जुधिरहेका महिला विकास निरीक्षक विन्दु कुँवरलाई उपचार सहयोगार्थ पाँच लाख ५४ हजार आर्थिक सहयोग प्रदान गरिएको छ ।

विन्दु कुँवर उपचार सहयोगार्थ समितिले सङ्कलन गरेको सो रकमको चेक आज आयोजित कार्यक्रममा कुँवरलाई हस्तान्तरण गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा धवल शमशेर राणा र समितिका सहसंयोजक नमस्कार शाहले सो सहयोगको रकमको चेक कुँवरलाई प्रदान गरेका थिए ।

सोही अवसरमा उपमहानगरपालिका प्रमुख राणाले आफ्नो एक महीनाको तलबभत्ता बराबरको ५० हजारको चेक पनि कुँवरलाई हस्तान्तरण गरेका थिए । कुँवरले उपचार गर्दागर्दै आफ्नो सबै सम्पत्ति सकिएको उल्लेख गर्दै अन्तमा आएर सहयोगका लागि सहयोगार्थ समितिको साथ लिनुपरेको बताए ।

बाँकेको महिला तथा बालबालिका कार्यालयमा लामो समय काम गरेकी कुँवर हाल महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयमा कार्यरत छिन् । कुँवर पाठेघर, बोन क्यान्सरबाट पीडित भई उपचार गराइरहेकी छन् । रासस

प्रतिक्रिया दिनुहोस