प्रदेश १ को राजधानी धरान बनाउन माग गर्दै प्रदेशसभा अगाडी प्रदर्शन « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

प्रदेश १ को राजधानी धरान बनाउन माग गर्दै प्रदेशसभा अगाडी प्रदर्शन


२२ बैशाख २०७६, आइतबार


विराटनगर । प्रदेश १ को राजधानी सुनसरीको धरानलाई बनाउन माग गर्दै प्रदेसभा अगाडी प्रदर्श गरिएको छ ।

धरानलाई राजधानी घोषणाको माग गर्दै धरान उपमहानगरपालिकाको अगुवाइमा धरानवासीले प्रदेशसभा अगाडी प्रदर्शन गरेका हुन् ।

प्रदेशको राजधानीको सहमति खोज्न संसद भवनस्थित संसदीय दलको नेताको कार्यकक्षमा सर्बदलीय बैठक बसिरहेको छ ।

राजधानी बृहत् विराट क्षेत्र विकास भित्र राख्ने या विराटनगर अगाडिपछाडि राख्ने भन्ने विवाद कायम छ ।

स्थायी राजधानी तोक्ने तयारी गरेको प्रदेश १ सरकारले केही दिनअघि मात्रै साविकको पूर्वाञ्चलको राजधानी धनकुटालाई सम्पर्क राजधानी बनाउने निर्णय गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस