निर्माणाधीन पोखरीमा डुबेर किशोरको मृत्यु « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

निर्माणाधीन पोखरीमा डुबेर किशोरको मृत्यु


२२ बैशाख २०७६, आइतबार


भद्रपुर । झापाको मेचीनगर नगरपालिका– ९ मा निर्माणाधीन पोखरीमा डुबेर १५ वर्षीय प्रनिल प्रसाईँको मृत्यु भएको छ ।

मागुरमाडी सामुदायिक वन उपभोक्ता समूह बिट नंं १ ले पर्यटन प्रवर्द्धनका लागि बनाउँदै गरेको पोखरीमा पौडी खेल्ने क्रममा उनको शनिबार दिउँसो मृत्यु भएको इलाका प्रहरी कार्यालय धुलाबारीले जनाएको छ ।

छ साथीसँग पौडी खेल्न पोखरीमा पसेका प्रसाईँ बाहिर ननिस्किएपछि साथीहरुले घरमा आएर आफ्ना अभिभावकलाई घटनाबारे जानकारी दिएका थिए । खबर पाएलगत्तै घटनास्थल पुगेको प्रहरी टोलीले शवलाई पोखरीबाट बाहिर निकालेको थियो । मृतकका बुवा भानु प्रसाईँ मेचीनगर नगरपालिकाका पूर्वनगर प्रहरी छन् ।

समितिका अध्यक्ष मुकेश सुब्बाका अनुसार सामुदायिक वन क्षेत्रमा सीमसार विकास गर्न दुई पोखरी निर्माणाधीन अवस्थामा छन् । निर्मार्णाधीन पोखरीमा वन समितिले पौडी खेल्न प्रतिबन्ध लगाएको भए पनि वन हेरालु खाना खान गएको बेला दुर्घटना भएको थियो । प्रहरीले घटनाको थप अनुसन्धान भइरहेको जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस