आज राष्ट्रपति संसद्मा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

आज राष्ट्रपति संसद्मा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै


प्रशासन संवाददाता

२० बैशाख २०७६, शुक्रबार


काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको वार्षिक नीति तथा कार्यक्रम शुक्रवार संघीय संसद्मा प्रस्तुत गर्दै छिन् ।

सङ्घीय संसद्को दिउँसो ४ बजे बस्ने संयुक्त बैठकमा राष्ट्रपतिबाट नीति तथा कार्यक्रम प्रस्तुत हुने संसद् सचिवालयले जनाएको छ।

सरकारले आर्थिक विकास, रोजगारी सिर्जना र सामाजिक सुरक्षाका कार्यक्रममा जोड दिने गरी नीति तथा कार्यक्रम तयार पारेको जनाएको छ । जेठ १५ मा सरकारले बजेट प्रस्तुत गर्नेछ।

Tags :
प्रतिक्रिया दिनुहोस