युनियन हाइड्रोको शेयर बाँडफाँट « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

युनियन हाइड्रोको शेयर बाँडफाँट


१९ बैशाख २०७६, बिहिबार


काठमाडौं । यूनियन हाइड्रो पावर कम्पनीको शेयर बाँडफाँट भएको छ । आवेदन गर्ने सबैलाई मागअनुसार शेयर बाँडफाँट गरिएको लक्ष्मी क्यापिटलले जनाएको छ ।

क्यापिटलका अनुसार सिआश्वा प्रणालीबाट ४७ हजार १८५ जनाले आवेदन दिएका थिए । त्यसमा ४५ हजार ४६२ जनाको आवेदन स्वीकृत भएको छ । कम्पनीले गत चैत १३ गतेदेखि साधारण शेयर बिक्री गरेको थियो ।

कम्पनीले ३४ लाख १० हजार ८१० कित्ता शेयर बाँडफाँट गरिएको हो । आवेदनकर्ता सबैलाई शेयर दिँदै कम्पनीले आज शेयर बाँडफाँट गरेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस