पेट्रोलियम खानी अध्ययनका लागि चिनियाँ टोली आउँदै « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

पेट्रोलियम खानी अध्ययनका लागि चिनियाँ टोली आउँदै


१९ बैशाख २०७६, बिहिबार


काठमाडौं । पेट्रोलियम पदार्थको खानी अध्ययन तथा अन्वेषणका लागि चिनियाँ टोली यसै महिना नेपाल आउने भएको छ । नेपाल–चीन पेट्रोलियम खानी अन्वेषणसम्बन्धी भएको द्विपक्षीय समझदारी अनुसार चिनियाँ अध्ययन टोली नेपाल आउन लागेको खानी तथा भूगर्भ विभागले जनाएको छ ।

खानी तथा भूगर्भ विभाग र चाइना जीओलोजिकल सर्भेले गत फागुन १६ गते खानी अन्वेषण कार्यान्वयन गर्नेसम्बन्धी द्विपक्षीय सम्झौता गरेका थिए ।

टोलीले दैलेखको पादुका क्षेत्र, पाल्पा, दैलेख, सुर्खेत, उदयपुर, नेपालगञ्जलगायतका जिल्लामा अध्ययन गर्ने विभागका ले जनाएको छ । चिनियाँ टोलीले पेट्रोलियम खानीको विस्तृत अन्वेषण, अध्ययन तथा ड्रिलिङको काम गर्ने बताइएको छ ।

यस्तै अध्ययनले पेट्रालियम पदार्थ भण्डार कति मात्रामा छ भन्ने पत्ता लगाउनेछ ।
पत्ता लागेका खानीमा थप अध्ययनपछि पेट्रोलियम पदार्थको मात्रा र आर्थिक रूपमा सम्भाव्य भए/नभएको पत्ता लगाउनेछ । टोलीले पहिलो चरणमा पूर्वतयारीको काम गर्ने र त्यसपछि प्राविधिक टोलीले ड्रिलिङको काम गर्नेछ ।

दैलेखको पादुका क्षेत्रमा बलिरहेको ज्वालाले पेट्रोलियम पदार्थ छ भन्ने देखाए पनि कति मात्रामा उपलब्ध छ, पत्ता लगाउन थप अध्ययन गरी ड्रिलिङ गरिने भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस