२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘तातोपानी नाका पुनः खोलेकोमा धन्यवाद’ : परराष्ट्रमन्त्री ज्ञवाली

अ+ अ-

ल्हासा । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपालले चीनसँग ‘बिआरआइ’, पारवहन तथा यातायातका सहमति वा नयाँ नाकाका कुनै पनि विषयमा परियोजना अगाडि बढाउन तिब्बत स्वायत्त क्षेत्र भएरै काम गर्नुपर्ने भएकाले यस क्षेत्रको भूमिका निकै महत्वपूर्ण भएको बताएका छन् ।

ल्हासाको भ्रमणमा रहेका परराष्ट्रमन्त्री ज्ञवालीले बुधबार ल्हासाका नेपाली महावाणिज्यदूत गोविन्दबहादुर कार्कीले यस क्षेत्रको भ्रमणमा आएका प्रतिनिधिमण्डलको सम्मानमा यहाँ आयोजना गर्नुभएको रात्रिभोजमा मे महीनादेखि लागू हुने गरी तातोपानी नाका खोलेकामा धन्यवाद दिए ।

उनले दृढ मनसाय भएमा जस्तोसुकै स्थानमा पनि विकास र प्रगति गर्न सकिन्छ भन्ने प्रमाण तिब्बतले दिएको बताउँदै तिब्बतले पूर्वाधार, पर्यावरण, प्रविधि तथा जनताको जीवनस्तर उकास्न प्राप्त गरेको सफलताप्रति बधाई व्यक्त गरे ।

चिनियाँ कम्युनिस्ट पार्टीको तिब्बत स्वशासित क्षेत्र समितिका उपसचिव तथा तिब्बत स्वशासित क्षेत्रका सरकारका अध्यक्ष छी झालाले राष्ट्रपति विद्यादेवी भण्डारी तथा चिनियाँ समकक्षीबीच भएको सहमति तथा समझदारीलाई कार्यान्वयन गरिने जानकारी दिए ।

उक्त अवसरमा प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेल, सङ्घीय संसद्का सदस्य, नेपाल सरकारका उच्च अधिकारी, चीनका लागि नेपाली राजदूत लीलामणि पौडेल, निजी क्षेत्रका प्रतिनिधि र सञ्चारकर्मी सहभागी थिए ।

‘राजकुमारी वेनचेङ’ अवलोकन

परराष्ट्रमन्त्री ज्ञवालीले बुधबार साँझ ल्हासामा मञ्चित राजकुमारी वेनचेङ नाटक अवलोकन गरे ।

राजकुमारी वेनचेङ नाटक खुला स्थानमा प्रत्यक्ष देखाइने नाटक हो र यसले चिनियाँ र तिब्बती इतिहास तथा संस्कृति देखाउँछ । करीब १३ सय वर्ष अगाडि ताङ वंशका राजकुमारी वेनचेनले टुबो राजा सोङत्सेन गम्पोसँग विवाह गरिन् र उनको कथामा यो नाटक आधारित छ ।

यो नाटक सन् २०१३ मा पहिलोपटक आरम्भ भएको हो र यसलाई एतिहासिक कथानकको रुपमा लिइन्छ । यसमा नाटक, सङ्गीत, नृत्य तथा आधुनिक कोरियोग्राफीमार्फत् ताङ वंश र प्राचीन तिब्बतको मौलिक दृश्य देखाउन खोजिएको छ ।

करीब ९० मिनेटको राजकुमारी वेनचेङ नाटकमा पाँच भाग रहेका छन् ः ‘प्राचीनताङ वंशको आकर्षण’, ‘स्वर्ग र पृथ्वीको बौद्ध सङ्गीत’, ‘तिब्बती नृत्यको महान सौन्दर्य’, ‘पठारका देवता’ तथा ‘तिब्बती तथा हानबीच सुन्दरताको समन्वय’ । हरेक भागमा ताङ तथा प्राचीन तिब्बतलाई पुनःस्थापना गर्ने साना उपभाग रहेका छन् ।

पृष्ठभूमिमा ल्हासाको व्यापक दृश्य देखाइन्छ । यो नाटक मञ्चन गर्न २४ हजार ६११।८ वर्गमिटर भूमि उपयोग हुन्छ । यसलाई चार हजारभन्दा बढी दर्शकले हेर्न सक्छन् । व्यापक नाटक भएकाले यहाँ अभिनय गर्ने कलाकारको सङ्ख्या ८०० भन्दा बढी छ । यो नाटक तयार गर्न ७५ करोड युआन खर्च भएको बताइन्छ ।

यो नाटक चिनियाँ सत्यकथामा आधारित छ । राजकुमारी वेनचेङ ताङ तथा टुबो वंशबीच मित्रतामा महत्वपूर्ण भागको रुपमा लिइन्छ । ताङ वंशमा राजा ताई जोङका पालामा केही राज्यले शान्तिका लागि अन्तरराज्य विवाहका प्रस्ताव राखेका थिए । टुबो राजा सोङत्सेन गम्पोले पनि ताङ वंशसँग मैत्री र समन्वयको सम्बन्ध राख्न खोजे । राजकुमारी वेनचेङ त्यसपछि तिब्बततर्फ प्रस्थान गरिन र एक वर्षको यात्रामा उनले ताङ वंशको कृषि, बुनाई, औषधि उपचार तथा चिकित्साप्रविधि जस्ता सभ्यता तथा अन्य सीप उनी गएकी तिब्बतका प्रत्येक क्षेत्रमा फैलाइन् । त्यसपछि ताङ र टुबो वंशबीच मित्रता नजिकको भयो ।

यस नाटकले प्राचीन चिनियाँ इतिहास मात्र उल्लेख गर्दैन यसले तिब्बती र चिनियाँ शास्त्रीय संस्कृतिलाई पनि प्रदर्शन गर्छ । यसमा पोशाक पनि प्राचीन शैलीको छ । यहाँ गा, तगाझुओ नृत्यमा तीनसय भन्दा बढी कलाकारले भाग लिन्छन् । यहाँ उपयोग भएका गाई, भेडाच्याङ्ग्रा, याकजस्ता सबै प्राणी जीवित हुन् ।

यहाँ दृश्यको सिमुलेसन तयार गरिएको र त्यसको आकार निकै ठूलो छ । पोताला र जोखाङ विहारको त्रिआयामिक सिमुलेसन १६० मिटर लामो छ । पोतालाको दृश्य ४० मिटर लामो र २० मिटर अग्लो छ ।

विस्तृत प्रकाशबाट बनेका फूलको बगैँचा, गहुँ खेत तथा प्रार्थनाका झण्डा निकै आकर्षक देखिन्छन् । अवलोकनमा ३ नं प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल, सङ्घीय संसद्का सदस्य, नेपाल सरकारका उच्च अधिकारी, चीनका लागि नेपाली राजदूत लीलामणि पौडेल, नेपालका लागि चीनका राजदूत होउ याङ्ची र सञ्चारकर्मी रहेका थिए ।

थामागाउँको भ्रमण

परराष्ट्रमन्त्री ज्ञवालीले बुधबार नै इन्टेलिजेन्ट ग्रिनहाउस एण्ड डेरी प्रडक्ट प्रोसेसिङ फ्याक्ट्रीको भ्रमण गर्नु भई त्यहाँ हुने उत्पादनका विषयमा जानकारी लिए ।

ल्हासाको भ्रमणमा रहनुभएका परराष्ट्रमन्त्री ज्ञवालीले बुधबारै थामागाउँको भ्रमण गरे । इन्टेलिजेन्ट ग्रिनहाउस एण्ड डेरी प्रडक्ट प्रोसेसिङ फ्याक्ट्रीको आफ्नै गाईपालन फार्म रहेको छ भने यस संस्थाले दूध, दही र दूधजन्य अन्य परिकार उत्पादन गर्छ ।

ल्हासाको थामागाउँ साझेदारीमा कम्पनी स्थापना गरी, भूमि एकीकृत गरी, त्यसको व्यापारिक उपयोग गर्ने नमूना संस्थाको रुपमा रहेको छ । यस गाउँमा जग्गा एकीकरण गरी बस्ती तथा बजार विकास गरिएको छ । यहाँ भ्रमण गरिएको एक घरमा पाँच व्यक्तिको परिवार देखियो । उनीहरुले स्थापना गरेको कम्पनीले बनाएका एक घर १० लाख युआनमा खरीद गरेका छन् ।

कम्पनीले यस परिवारका हरेक सदस्यलाई प्रतिवर्ष तीन लाख युआन उपलब्ध गराउँछ । हरेक परिवारलाई दुई पसल कबल पनि दिइएको छ र उनीहरुले एउटा पसलमा आफैँले व्यापार गर्नुपर्छ । यस कम्पनीको समूहमा १९५० परिवार रहेको र उनीहरुलाई पाँच समूहमा विभाजन गरेको जानकारी ती घर परिवारका सदस्यले दिए । यी सदस्यले आफूले बचत गरेको रकम पुनःकम्पनीमै लगानी गरेको बताए ।

परराष्ट्रमन्त्री ज्ञवालीका साथ प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेल, सङ्घीय संसद्का सदस्य, नेपाल सरकारका उच्च अधिकारी, चीनका लागि नेपाली राजदूत लीलामणि पौडेल, निजी क्षेत्रका प्रतिनिधि र सञ्चारकर्मी रहेका थिए ।