२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

घुससहित रङ्गेहात पक्राउ परेका १९ कर्मचारीविरुद्ध मुद्दा दायर

अ+ अ-

हेटौँडा । विभिन्न बहानामा सेवाग्राहीसँग घुस लिने १९ कर्मचारीलाई रङ्गेहात पक्राउ गरी मुद्दा दायर गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौँडा कार्यालयले जनाएको छ ।

चालू आर्थिक वर्षको पहिलो नौ महीनामा उनीहरुलाई गोप्य सूचनाका आधारमा पक्राउ गरिएको कार्यालयले जनाएको हो । पक्राउ पर्नेमा निजामती प्रशासन, प्राविधिक तथा प्रहरीतर्फका तल्लो तहदेखि अधिकृतस्तरका कर्मचारी हुन् ।

कार्यलयका सूचना अधिकारी देवकुमार राईका अनुसार उक्त अवधिमा भ्रष्टचार र अनियमितताका विषयमा सबैभन्दा बढी उजुरी बारा र पर्साबाट परेको छ । उक्त अबधिमा ८१९ उजुरी परेका छन् । कार्यालयको कार्यक्षेत्रभित्र पर्ने प्रदेश नं ३ का नौ र प्रदेश नं २ का दुई जिल्ला गरी ११ जिल्लाबाट उक्त उजुरी परेको सूचना अधिकारी राईले जानकारी दिए ।

उनका अनुसार ती उजुरीमध्ये ४३८ उजुरीको छिनोफानो भइसकेको छ भने बाँकी ३८१ उजुरीमाथि छानबिन भइरहेको छ । कार्यालयमा परेका उजुरीमध्ये अधिकांश विकास निर्माण, आन्तरिक आयको विनियोजन, उपभोक्ता समिति तथा ठेकेदारको काम, सामाजिक सुरक्षा भत्ता तथा सार्वजानिक शिक्षा र स्वास्थ्य क्षेत्रका छन् ।

सबैभन्दा बढी बाराबाट परेको २२८ उजुरीमध्ये ८९ वटाको छनोफानो भइसकेको छ । त्यस्तै पर्साका १९५ उजुरीमध्ये ९१ बटाको छिनोफानो भइसकेको छ । मकवानपुरको १३२ उजुरीमध्ये ५९ वटाको छिनोफानो भइसकेको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस