२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आठौँ खेलकूद : नेपाली खेलकूदको युग परिवर्तन

अ+ अ-

राँझा । आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिता ऐतिहासिक रुपमा आज सम्पन्न हुँदैछ । पहिलोपटक निर्धारित समय दुई वर्षको अवधिमै आफ्नै अत्याधुनिक भौतिक पूर्वाधार र खेल समावेशका आधारले आठौँ प्रतियोगितासँगै नेपाली खेलकूद नयाँ युगमा प्रवेश गरेको छ ।

राष्ट्रिय खेलकूद परिषद् (राखेप) का सदस्य–सचिव केशवकुमार विष्टले आफ्नै पूर्वाधारमा पहिलोपटक प्रतियोगिता गर्न सफल भएकाले ऐतिहासिक भएको बताए । “सीमित साधनस्रोतका बीचमा हामीले आफ्नै पूर्वाधारमा विवादरहित ढङ्गले हामीले प्रतियोगिता सम्पन्न गर्दैछौँ”, उनले भने, “आठौँको भव्य उद्घाटन समारोह, अत्याधुनिक भौतिक पूर्वाधार र खेलाडीको उत्साह हेर्दा नेपाली खेलकूद नयाँ युगमा प्रवेश गरेको छ ।”

प्रतियोगिता विभिन्न ठाउँमा गर्दा खेलाडीलाई केही असहज भएता पनि राष्ट्रिय खेलकूदका अवसरमा पहिलोपटक प्रदेश नं ५ का विभिन्न जिल्लामा धेरै खेलकूदका पूर्वाधार बन्न सकेको उनले बताए । प्रदेश खेलकूद विकास समिति अध्यक्ष भीम वलीले प्रतियोगिताले नेपाली खेलकूदलाई नयाँ युगमा प्रवेश गराएको बताए ।

“खेलकूद परम्परा र संस्कृति जगेर्नाको रुपमा मात्र खेलिँदै आएको थियो”, उनले भने, “तर हामीले करोडौँको भौतिक पूर्वाधार निर्माण गरैर साँच्चिकै नेपाली खेलकूदको युग परिवर्तन गर्न सफल भएका छौँ ।” उनले काठमाडौंमा समेत खेलकूदका भौतिक पूर्वाधार नभएको अवस्थामा प्रदेश नं ५ मा खेलकूदका लागि आधुनिक पूर्वाधार तयार गरिएको जानकारी गराए ।

नेपालगञ्ज रङ्गशालामा बनेको अत्याधुनिक भीआइपी प्यारापिट, रङ्गशालामा नै वर्मुडा दुवै अन्तर्राष्ट्रिय मापदण्डका फुटबल मैदान, पौडीपोखरी, कभर्डहल, भारोत्तोलन एकेडेमी, सुटिङ रेन्ज र एथलेटिक्स ट्र्याक र जुडोहल निर्माण भएका छन् भने बाँकेकै कोहलपुरमा अन्तर्राष्ट्रिय क्रिकेट मैदान र खजुरामा भलिबल रङ्गशाला निर्माण भएका छन् ।

बाँकेसहित बर्दिया, दाङ, कपिलवस्तु, रुपन्देही र केही प्रतियोगिता काठमाडौं, ललितपुर र पोखरामा भएको प्रतियोगितामा ३५ खेलमा करीब पाँच हजार खेलाडीको सहभागी भएका थिए । उपराष्ट्रपति नन्दबहादुर पुनले आज साँझ भव्य समारोहका बीच नेपालगञ्जस्थित रङ्गशालामा समापन गर्ने कार्यक्रम रहेको प्रदेश खेलकूद विकास समितिका अध्यक्ष वलीले जानकारी दिए ।

गत चैत २७ गतेबाट खेल शुरु गरिए पनि प्रतियोगिताको औपचारिक उद्घाटन भने वैशाख ५ गते राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालगञ्ज रङ्गशालामा भव्य समारोहका बीच गरेका थिए । समापन समारोहमा युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्मा र जनप्रतिनिधिलगायतको सहभागिता हुनेछ । प्रतियोगिताको अन्तिम दिन आज फुटबल, भलिबल र पौडीका मात्र फाइनल खेल हुनेछन् ।

फुटबलको फाइनलमा नेपाल आर्मी क्लब र नेपाल पुलिस क्लबबीच हुनेछ । यस्तै भलिबलतर्फको खेलमा पुरुषतर्फ नेपाल आर्मी क्लब र नेपाल पुलिस क्लब तथा महिलातर्फ प्रदेश नं ३ र सशस्त्र प्रहरीको (एपिएफ) फाइनलमा प्रवेश गरेका छन् ।

समापन समारोहमा नवौँ राष्ट्रिय खेलकूद प्रतियोगिता गर्ने प्रदेशलाई प्रतियोगिताको झण्डा हस्तान्तरण गरिने प्रदेश खेलकूद विकास समिति अध्यक्ष वलीले जानकारी गराए । उनका अनुसार, समापन समारोहका लागि दिउँसो दुई २ः०० बाटै सर्वसाधारणका लागि प्रवेशद्वार खुला गरिनेछ । रासस