बुटवल । विप्लव समूहकी एक नेत्री रुपन्देहीबाट पक्राउ परेकी छन् ।
सरकारद्वारा प्रतिबन्धित नेकपाकी रुपन्देही जिल्ला सदस्य तथा महिला संगठनकी केन्द्रीय सदस्य कल्पना सुवेदीलाई प्रहरीले गएराति उनकै देवदहस्थित निवासबाट पक्रेको हो ।
सुवेदी रुपन्देही जनसरकार प्रमुख शिशिरकी श्रीमतीसमेत हुन् ।
पक्राउ परेकी सुवेदीलाई अहिले जिल्ला प्रहरी कार्यालय, भैरहवामा राखिएको छ ।