शेयर बजार सात अङ्कले घट्यो « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

शेयर बजार सात अङ्कले घट्यो


९ बैशाख २०७६, सोमबार


काठमाडौं । लगातार उकालो लाग्दै आएको शेयर बजारमा आज बिराम लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ७.२६ बिन्दुले घटेर एक हजार २५६.९४ बिन्दुमा झरेको छ ।

यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक २.०४ बिन्दुले घटेर २७१.३७ बिन्दुमा झरेको छ । कूल १६८ कम्पनीको ३२ लाख ५९ हजार ४९६ कित्ता शेयर रु एक अर्ब चार करोड ६० लाख ३९ हजार मूल्यमा खरीद बिक्री भयो । कारोवार भएका कूल ११ उपसमूहमध्ये आज ४ उपसमूहको मात्रै शेयर बढेको छ । त्यसमा व्यापार २.७, निर्जीवन बीमा ६४.८५, उत्पादन २३.९८ र जीवन बीमा १५४.२९ बिन्दुले बढेको छ ।

यस्तै बैंकिङ १३.८९, होटल २४.९७, विकास बैंक १२.९८, जलविद्युत् १.८८, वित्त १.५२, अन्य ४.९७ र लघुवित्त २०.९८ बिन्दुले घटेका छन् । स्टकका अनुसार आज नेपाल बैंक लिमिटेडको प्रतिकित्ता रु ३१० मा रु नौ करोड ३६ लाख ४० हजार बराबरको कारोवार भई शीर्ष स्थानमा छ ।

यस्तै सिभिल बैंकको रु चार करोड ३ लाख ९५ हजार, प्रभु बैंक रु तीन करोड ८८ लाख ४८ हजार, एनआइसी एशिया रु ३ करोड ८८ लाख नौ हजारमा कारोवार भई शीर्ष स्थानमा रहे । स्टकका अनुसार एभरेष्ट इन्स्योरेन्स कम्पनीका शेयरधनीले ९.७७ प्रतिशतले कमाए ।

यस्तै ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था ५.४१, युनिलिभर नेपाल ४.०३, स्ट्याण्र्डड चाटर्ड बैंकका शेयरधनीले ३.९५ प्रतिशतले कमाए । यसैगरी माउण्रेटन हाइड्रोका शेयरधनीले ५.२०, नेपाल एसबिआई बैंक ४.६९, नेशनल हाइड्रोपावर ४।१६ तथा हिमालयन बैंकका शेयरधनीले ४.१३ प्रतिशतले गुमाए ।

Tags :
प्रतिक्रिया दिनुहोस