फिलिपिन्समा भूकम्प : पाँचको मृत्यु « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

फिलिपिन्समा भूकम्प : पाँचको मृत्यु


९ बैशाख २०७६, सोमबार


मनिला । राजधानी मनिलामा समेत धक्का महसुस हुनेगरी उत्तरी फिलिपिन्सको जाम्बालेसलाई केन्द्र बनाएर ५.७ म्याग्नीच्यूडको भूकम्पका कारण दुई भवन भत्किँदा कम्तीमा ५ जनाको मृत्यु भएको स्थानीय अधिकारीले बताएका छन् ।

‘भूकम्पपछि परिचालित सुरक्षाकर्मीको उद्धार टोलीले उत्तरी फिलिपिन्सको पोराक शहरमा भवनको भग्नावशेषमा फसेका तीन शवलाई निकालिसकिएको र लुबाओ शहरमा भवनको भग्नावशेषमा दुई मृत शरिर फसेका छन्,’ एबीएस–सीबीएन टेलीभिजनले प्रान्तीय गभर्नर लिलिया पिनेडालाई उद्धृत गरी समाचार प्रशारण गरेके छ ।

साँझको समयमा आएको भूकम्पका कारण शहरी क्षेत्रमा विद्युत सेवा अवरूद्ध बन्दा कतिपय स्थानमा उद्धार कार्यसमेत प्रभावित बनेको उनले बताए ।

अमेरिकी भूगर्भ सर्भेले फिलिपिन्समा ६।३ म्याग्नीच्यूडको भूकम्प गएको जनाएको छ । भूकम्पको केन्द्र जमिनको सतहबाट करिब ४० किलोमिटर मुनि रहेको फिलिपिनी भूगर्भ केन्द्रले जनाएको छ ।रासस/सिन्ह्वा

Tags :
प्रतिक्रिया दिनुहोस