नेकपा एकता घोषणा कार्यक्रम आज « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

नेकपा एकता घोषणा कार्यक्रम आज


९ बैशाख २०७६, सोमबार


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को पार्टी एकता घोषणा हुँदैछ । काठमाडौंस्थित प्रज्ञा भवन कमलादीमा मध्यान्ह १२ बजेका लागि कार्यक्रम तय गरिएको छ ।

आइतबार बसेको सचिवालय बैठकले ७७ वटै जिल्लाको अध्यक्ष र सचिवको टुंगो लगाएपछि आज पार्टी एकता घोषण कार्यक्रम तय गरिएको हो ।

जिल्लाको नेतृत्व चयन गर्दा बैठकले यसअघि तत्कालिन नेकपा (एमाले) का जिल्ला अध्यक्ष हालको अध्यक्ष वा सचिवको जिम्मेवारीमा रहनेगरी पद विभाजन गरिएको छ।

पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एकताका विषयमा सहमति गरेपनि वरिष्ठ नेता माधवकुमार नेपाल भने सन्तुष्ट थिएनन्। आफूलाई एक्ल्याउन खोजिएको भन्दै नेता नेपालले असन्तुष्टि राखेपछि गएको ४ दिनदेखि तीनै जना नेताहरु बीच छलफल चलेको थियो। अन्ततः नेपालकै मतमा पार्टीका दुबै अध्यक्ष उभिएपछि जिल्लातर्फको एकता प्रकृयाले पनि मुर्तरुप पाएको हो।

आइतबारकै बैठकले कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसरमा प्रज्ञाभवनमा विशेष कार्यक्रमको आयोजना गरिने निर्णय गरेको थियो।

Tags :
प्रतिक्रिया दिनुहोस