पार्टी एकता टुंग्याउन नेकपा सचिवालय बैठक बस्दै « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

पार्टी एकता टुंग्याउन नेकपा सचिवालय बैठक बस्दै


प्रशासन संवाददाता

८ बैशाख २०७६, आइतबार


काठमाडौँ । पार्टी एकता टुंग्याउन नेकपा सचिवालय बैठक बस्ने भएको छ । नेपाल कम्युनिस्ट पार्टीका विभिन्न सङ्गठनहरूको एकतालाई अन्तिम रूप दिन आज सचिवालय बैठक बस्ने भएको हो ।

आइतबार बिहान नेकपा शीर्ष नेताहरू अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेता माधवकुमार नेपाल तथा महासचिव विष्णु पौडेलबिच छलफल भएको छ।

यसका साथै नेकपाका दोस्रो तहका नेता तथा जनवर्गीय सङ्गठनका प्रमुखहरूको पनि बैठक बसेको छ। उक्त बैठकले नेतृत्व र साङ्गठनिक संरचनाका विषयमा छलफल गरेको थियो।

छलफलबाट टुङ्गोमा पुगेका विषयलाई नेकपा सचिवालयले अन्तिम खाका तयार गर्नेछ।

सचिवालयलाई उक्त सहमति अनुमोदन गराएर सोमबार साङ्गठनिक एकता घोषणा गर्ने कार्यक्रम तय भएको छ। कम्युनिस्ट पार्टीको ७०औं एकता दिवस अर्थात् विश्व लेनिन जयन्तीका अवसरमा उक्त घोषणा गर्न लागिएको हो। सोमबार १२ बजे काठमाडौँस्थित प्रज्ञाभवनमा घोषणा सभा आयोजना गर्ने निर्णय भएको छ।

पार्टी अध्यक्षद्वय ओली र प्रचण्ड केही दिनदेखि निरन्तर एकता प्रक्रियालाई अन्तिम रूप दिन लागिपरेका थिए। दुई अध्यक्षबिच सहमति भएपछि महासचिव पौडेलसहित पार्टीको एकता प्रक्रियामा असहमत वरिष्ठ नेता नेपालसँग पछिल्लो ३ दिनदेखि छलफल भइरहेको छ। नेता नेपालसँग पनि सहमति जुटेपछि जनवर्गीय सङ्गठनसँग संयुक्त रूपमा बैठक गरिएको थियो।

प्रतिक्रिया दिनुहोस