बलात्कारको आरोपमा छ जना पक्राउ « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

बलात्कारको आरोपमा छ जना पक्राउ


प्रशासन संवाददाता

८ बैशाख २०७६, आइतबार


जबर्जस्ती करणी

धनगढी । कैलालीबाट बलात्कारको आरोपमा छ जना पक्राउ परेका छन् । कैलालीको घोडाघोडी नगरपालिका –४ घोडाघोडीमा १६ वर्षीया एक किशोरीमाथि सामूहिक बलात्कार गर्ने छ जना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा घोडाघोडी नगरपालिका–१ का केशव भनेर चिनिने राकेश गिरी, रुपेश चौधरी, लक्ष्मण रावल, हिमराज क्षेत्री, नरेन्द्र बिक र नवीन शाही छन् ।

बैशख १ गते बिहान यो घटना घटेको प्रहरीले जनाएको छ । शनिबार जाहेरी परेपछि इलाका प्रहरी कार्यालय सुखडले घटनामा संलग्न छ जनालाई नियन्त्रणमा लिएको हो ।

किशोरी आफन्तको विवाहमा जाने क्रममा घोडाघोडीको जङ्गलमा राकेश गिरीको समूहले किशोरीलाई इन्जेक्सन लगाई सामूहिक बलात्कार गरेको जाहेरीमा उल्लेख छ ।

इलाका प्रहरी कार्यालय सुखडका अनुसार जाहेरी किटान गरिएका सात जना मध्ये छ जनालाई पक्राउ गरिसकेको र उरुलाई चाँडै नियन्त्रणमा लिइने छ ।

घटना लगतै पीडित किोरीको घोडाघोडी अस्पतालमा उपचार हुन नसकेपछि नेपालगञ्ज रेफर गरिएको र त्यहाँ पनि उपचार सम्भव नभएपछि अहिले काठमाडौंमा उपचार भइरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस