बौलाह कुकुरको टोकाइले चार जना घाइते « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

बौलाह कुकुरको टोकाइले चार जना घाइते


प्रशासन संवाददाता

८ बैशाख २०७६, आइतबार


हुम्ला । सिमकोट गाउँपालिका–७ को डाँडाफयामा बौलाह कुकुरले टोक्दा चार जना घाइते भएका छन् ।

बौलाह कुकुरले शनिबार बिहान साढे पाँच बजे ओखेन भन्ने गाउँमा तीन जनालाई र शुक्रबार एक जना बालकलाई टोकेको त्यहाँका स्थानीयले जानकारी दिएका छन् ।

कुकुरले टोकेर घाइते भएकी २७ वर्षीया सङ्गिता शाही, ३२ वर्षीय बागेश्वी सिंह, १० वर्षीया सुमित्रा सिंह, र आठ वर्षका जन्मजय राज शाही रहेका नन्द शाहीले बताए । घाइतेको उपचार शनिबार साँझ जिल्ला अस्पताल हुम्लामा ल्याई भइरहेको छ ।

जिल्लाको उत्तरी सिमकोट गाउँपालिका–७ मा गएको चैत महीनामा कुकुरमा रेबिज रोग पनि देखिएको थियो । बौलाह कुकुरलाई भने स्थानीय बासिन्दाले नियन्त्रणमा लिएको जानकारी प्राप्त भएको छ ।

प्रतिक्रिया दिनुहोस