भोजपुर–टक्सार सडक कालोपत्रको शिलान्यास « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

भोजपुर–टक्सार सडक कालोपत्रको शिलान्यास


प्रशासन संवाददाता

८ बैशाख २०७६, आइतबार


भोजपुर । सदरमुकामबाट टक्सार विमानस्थलसम्मको सडक कालोपत्र गर्नका लागि शिलान्यास गरिएको छ । सडकको प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले शनिबार शिलान्यास गरेका हुन् ।

प्रदेश सरकारको कार्यक्रमअनुसार पूर्वाधार विकास कार्यालय भोजपुरअन्तर्गत १३ करोड ५३ लाख ५८ हजार २२७ लागतमा सडक कालोपत्र गरिने पूर्वाधार विकास कार्यालय भोजपुरले जनाएको छ ।

पाँच किलोमिटर लम्बाइ रहेको सो सडकको डेढ वर्षभित्र कालोपत्र सम्पन्न हुने जनाइएको छ । सडक निर्माणका लागि ठेकेदार कम्पनी रायमाझी–जगदम्बा–मार्सेली जेभीसँग सम्झौता गरिएको छ ।

सडक निर्माणको जिम्मा पाएको ठेकेदार कम्पनीका प्रतिनिधि श्यामकुमार श्रेष्ठले आफूले समयमै गुणस्तरीय काम सम्पन्न गर्ने सार्वजनिक प्रतिबद्धता जनाएका छन् । उनले निर्माणको काम समयमै सम्पन्न गराउन सबै पक्षले सहयोग र निगरानी गर्न आग्रह गरे ।

Tags :
प्रतिक्रिया दिनुहोस