सुडानमा प्रधानमन्त्री छनोट गर्न सेनाको आग्रह « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

सुडानमा प्रधानमन्त्री छनोट गर्न सेनाको आग्रह


२ बैशाख २०७६, सोमबार


खार्तुम । सुडानको संक्रमणकालीन सैनिक परिषद्ले पूर्वसरकारका पदाधिकारीहरुलाई गिरफ्तार गरेको छ ।

परिषद्ले नयाँ प्रधानमन्त्री छनौट गर्न विपक्षीहरुलाई आग्रह समेत गरेको छ । गएको बिहीबार झण्डै ३० वर्ष शासन सम्हालेका ओमार अल बसिरलाई सत्ताच्युत गरेको थियो ।

उनका समर्थकले सडकमा प्रतिरोध गर्ने प्रयास गरेपछि सेनाले सरकारका पूर्वपदाधिकारीलाई पनि नियन्त्रणमा लिएको हो ।

सेनाले आइतबार पत्रकार सम्मेलन गर्दै आफूहरु नागरिक सरकार बनाउनका लागि सहयोग गर्न तत्पर रहेको जनाउँदै आफैंले प्रधानमन्त्री नियुक्त नगर्ने जनाएको छ ।

सेनाले प्रदर्शनकारीहरुलाई हटाउन नचाहेको त र जनजीवन सामान्य बनाउनका लागि सहयोग गर्न सबैमा आग्रह गरेको छ । बीबीसी

Tags :
प्रतिक्रिया दिनुहोस