२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वनस्पतिको व्यावसायिकखेती आवश्यक : मन्त्री बस्नेत

अ+ अ-

काठमाडौं । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले वनस्पतिको व्यावसायिकखेती विस्तार गर्न आवश्यक रहेको बताएका छन् ।

वनस्पति विभागको ५९औँ वार्षिकोत्सव तथा २०औँ वनस्पति दिवसको अवसरमा उनले नेपालमा पछिल्लो समय खेतीयोग्य जमीन खाली रहेकाले ती स्थानमा जडीबुटीको व्यावसायिकरण गर्न जरुरी रहेको बताए ।

“राज्यको एकल प्रयासले मात्र यो अभियान सम्भव हुदैन, निजी क्षेत्र र सम्पूर्ण नागरिकको सहकार्यमा काम गर्नुपर्छ’, उनले भने । उनले आगामी दिनमा थप जिम्मेवारीपूर्वक र मेहनेतका साथ वनस्पति संरक्षण र विस्तारसँगै अनुसन्धानमा निरन्तर लाग्न विभागका कर्मचारीलाई आग्रह गरे।

मन्त्रालयका सचिव डा.विश्वनाथ ओलीले पछिल्लो समय नेपालले अनुसन्धानात्मक कार्यबाट वनस्पतिको स्रोत पहिचान र संरक्षणमा ठूलो फड्को मारेको उल्लेख गर्दै यसलाई अझै प्रभावकारी बनाउन जडीबुटी खेतीतर्फ जनसाधारणलाई प्रोत्साहन गर्ने कार्यक्रम सञ्चालन गर्नुपर्ने धारणा राखे ।

विभागका महानिर्देशक सञ्जिवकुमार राईले नयाँ प्रविधि र सोचका साथ वनस्पितिको संरक्षणका लागि विभिाग निरन्तर लागिरहेको जानकारी गराए । उनले भने, ‘नयाँ खोज अनुसन्धान गर्न सके आर्थिक उपार्जनसँगै रोजगारीको अवसर प्रदान हुने थियो ।’

यसवर्ष कर्णली प्रदेशलाई जडीबुटी जोन घोषणा गरिएको विभागका उपमहानिर्देशक मोहनदेव जोशीले जानकारी गराए । हाल नेपालमा सात सय प्रजातीका वनस्पति छन् । वनस्पति क्षेत्रको खोज, अनुसन्धान र प्राध्यापनमा पुर्‍याएका योगदानको कदर गर्दै यसवर्षको राष्ट्रिय वनस्पति पुरस्कारबाट वनस्पति विभागका प्रोफेसर डा सङ्गिता राजभण्डारीलाई प्रदान गरिएको छ ।

त्यस्तै उत्कृष्ठ काम गर्ने छ कर्मचारीलाई कदरपत्रसहित सम्मान गरिएको छ । यस वर्षको नारा ‘वनस्पतिको उपयोग र व्यापार समृद्विको आधार’ रहेको छ । विभागका वैज्ञानिकले गतवर्ष साबुन बनाएका थिए भने यसवर्ष जुम्ला र कोशी नाम गरेका अत्तर बनाएका छन् । आगामी वर्ष तराई क्षेत्रमा बढी उपयोग हुने लामखुट्टेको टोकाइबाट बच्ने औषधि बनाउने विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस