२६ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कुनै वाधा–अड्चन आए म कहाँ आउनोस् : प्रधानमन्त्री ओली

अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले उधोगी व्यावसायीहरुलाई सम्वोधन गर्दै विधमान कानुनहरुमा के–कस्तो सुधार खोजिएको विस्तृत कार्ययोजना लिएर आउन आहृवान गरेका छन् ।

‘कानुनी सुधार : समृद्धिको आधार’ भन्ने नाराका साथ आयोजित नेपाल उधोग परिसंघको १६ औं वार्षिक साधारणसभाको उद्घाटन गर्दै उनले व्यापार गर्ने क्रममा कुनै वाधा, व्यवधान आइलागे वा कर्मचारीहरुबाट कुनै समस्या उत्पन्न गरिए आफूकहाँ आउन आग्रह गरे ।

प्रधानमन्त्री ओलीले कार्यक्रममा उपस्थित उधोगी, व्यावसायीहरुलाई सम्वोधन गर्दै अगाडि भने,‘आफ्ना मौलिक उधोग खोलौं, सरकारले के सहयोग गर्नु पर्‍यो ? के छूट दिनु पर्‍यो ? भनौं ।’

उनले कानुनको कुन पृष्ठमा, कुन दफा र उपदफामा के सुधार गर्नु पर्‍यो त्यो स्पष्ट आफुलाई बताउने आग्रह गर्दै उनले व्यावसायीलाई भने, ‘आफूसँग भएको पैसा निकाल्नोस, लगानी गर्नोस् । बाहिरबाट ल्याएको पैसा छ भने पनि स्वच्छ हो भन्ने प्रत्याभूति गर्नोस् र लगानी गर्नोस् ।’

नेपालमा ठूलो परिमाणमा क्रियाशील जनसंख्या रहेको उल्लेख गर्दै उनले देशमा खनीजलगायतका प्राकृतिक स्रोतहरुको सदुपयोग गर्ने बातावरण बनीरहेको बताए । साथै, देशमा राजनीतिक स्थीरता कायम भएकोले अनुकूल परिस्थिति निर्माण भएको समेत बताए ।

स्वदेशी उधमी, व्यावसायीलाई प्रोत्साहन गर्ने सरकारको नीति रहेको बताउँदै उनले पूँजी र प्रविधिका लागि विदेशी लगानीका लागि आहृवान गरिएको प्रष्ट पारे । हामीलाई पनि फाइदा हुने र लगानी गर्ने विदेशीहरुलाई पनि फाइदा हुने अवस्था श्रृजना गर्दै सहकार्यको वातावरण बनाइने उनले बताए ।

प्रधानमन्त्रीले वर्तमान सरकारको प्रयास शुसासन र विकासमा केन्द्रीत रहेको बताउँदै अबको नेपाली समाज असन्तुष्टि प्रधान समाज होइन, आज समस्याहरु आए पनि समाधान गरेर अघि बढ्ने अनुकूलताहरु रहेको स्पष्ट पारे ।

उनले अबको चार वर्षभित्र नेपालमा निरपेक्ष गरिबीको रेखामुनि कोही पनि नरहने बताए ।

प्रतिक्रिया दिनुहोस