२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हावाहुरी प्रभावितको सहयोगमा सत्तारुढ विद्यार्थी संगठन, सोलार बत्ती पुर्‍याउने पहल

अ+ अ-

काठमाडौं । सत्तारुढ नेकपानिकट विद्यार्थी संगठन अनेरास्ववियु र अनेरास्ववियू (क्रान्तिकारी) को टोली आँधी प्रभावित बारा र पर्साका गाउँहरुमा अस्थायी बासस्थान निर्माणमा सक्रिय भएका छन् ।

अनेरास्ववियु (क्रान्तिकारी) का अध्यक्ष रञ्जित तामाङ र अनेरास्ववियुका उपाध्यक्ष रश्मी आचार्यसहित संयुक्त टोली प्रभावित क्षेत्र पुगेर राहत र पुनःस्थापनामा जुटेको हो ।

अनेरास्ववियुका उपाध्यक्ष रश्मी आचार्यले हरेक दिन ३० जना स्वयंसेवक प्रभावित क्षेत्रमा परिचालित भएको बताए । ‘यहाँ बिजुलीको एकदमै अभाव रहेछ । हाम्रो पहलमा सोलार बत्ती पुर्‍याउने निर्णय केन्द्रबाट भएको छ,’ आचार्यले भने । प्रभावित बस्तीहरुमा म्याट्रेस, भाँडाकुँडा, जुत्ता चप्पल, झुल वितरण गर्ने योजना पनि बनाइएको उनले जानकारी दिए ।

टोलीले बिहीबार भरबलियामा स्वास्थ्य शिविर सञ्चालन गरिरहेको छ । क्षतिग्रस्त संरचना हटाउने, राहत वितरण गर्नेदेखि अस्थायी बासस्थानहरु निर्माण गर्ने काममा नेकपाका दुवै विद्यार्थी संगठन जुटेको छ ।

पुरैनिया, भलुही, हर्दिया र चैनपुरलगायतका क्षेत्र हावाहुरीबाट बढी प्रभावित भएका छन् । गत आइतबार आएको आँधीबाट २८ जनाको मृत्यु भएको छ भने ३८४ जना घाइते छन् ।

प्रभावित क्षेत्रमा काम गर्न भरवलियामा सम्पर्क कार्यालय खोलिएको छ । दुवै संगठनका सचिवद्वय आरती लामा र सूर्यनारायण साह रहेको सचिवालयसमेत गठन गरेर आवश्यक काम भइरहेको छ ।

यसअघि अनेरास्ववियु र अनेरास्ववियू क्रान्तिकारीको संयुक्त बैठकले आँधी प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनर्निर्माणको लागि सिंगो जनशक्ति परिचालित गर्ने निर्णय गरेको थियो । सोहीअनुसार बिभिन्न जिल्लाहरुबाट स्वयंसेवकहरु आउने क्रम जारी छ ।

प्रतिक्रिया दिनुहोस