एसईईको प्रश्नपत्र बाहिरिएका विषयमा अख्तियारले अनुसन्धान गर्ने « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

एसईईको प्रश्नपत्र बाहिरिएका विषयमा अख्तियारले अनुसन्धान गर्ने


२० चैत्र २०७५, बुधबार


काठमाडौं । प्रदेश २ को एसईईको प्रश्नपत्र बाहिरिएको विषयमा अख्तियारले अनुसन्धान गर्ने भएको छ ।

मंगलबार बसेको राज्यव्यवस्था समितिको बैठकमा सांसदले प्रश्नपत्र बाहिरिएको विषयमा छानविन गर्न माग गरेपछि त्यस विषयमा अख्तियारले अनुसन्धान गर्ने भएको हो ।

यसअघि सराकारले प्रश्नपत्र बाहिरिएको विषयलाई अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)लाई जिम्मा दिइसकेको थियो । अब अख्तियारले पनिसँगै अनुसन्धान गर्ने आयुक्त घिमिरेले बताए ।

प्रश्नपत्र बाहिरिएपछि प्रदेश २ को परीक्षा रद्द भएको छ । रद्द भएको परीक्षा भने यहि २२ गतेदेखि हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस