२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बजेट बनाउने विषयमा छलफल शुरु

अ+ अ-

खस्यौली । अर्थमन्त्री युवराज खतिवडाले आगामी बजेट कस्तो बनाउने विषयमा छलफल शुरु भएको बताएका छन् ।

रुपन्देहीको देवदह नगरपालिका–७ स्थित शीतलनगरमा रहेको देवदह आदर्श बहुमुखी क्याम्पसको एघारौँ वार्षिकोत्सव तथा अभिभावक दिवस समारोहमा उनले बजेट निर्माणका लागि भैरहवा आएको र बजेटसँग सरोकार राख्ने निकायसँग छलफल गर्न लागिएको जानकारी दिए।

‘म खासमा बजेट निर्माणका लागि यहाँ आएको हो तर तपाईहरुसँग पनि साक्षात्कार गर्ने अवसर पाएर खुशी भएको छु,’अर्थमन्त्री खतिवडाले भने । उनले शिक्षामा रुपान्तरण आवश्यक भएको उल्लेख गर्दै ज्ञान, सीप र उत्पादनसँग जोडने शिक्षा नीतिले नै कायापलट हुन सक्ने बताए ।

अर्थमन्त्री खतिवडाले अहिलेको शिक्षा प्रणालीलाई प्राविधिक शिक्षा प्रणालीमा रुपान्तरण गरेर प्राविधिकहरु उत्पादन गर्नुपर्ने धारणा राखे । उनले कृषि, वातावरण, सडक, पुल निर्माण लगायतका क्षेत्रमा प्राविधिकको खाँचो भएको औँल्याउँदै सम्पूर्ण स्थानीय तहमा प्राविधिक शिक्षाबाट दक्ष जनशक्ति उत्पादन गर्ने तयारी भएको बताए।

‘अहिले पनि दुई तिहाइ शिक्षा साधारण शिक्षा मात्रै छ, यसलाई विस्थापित गरेर गरेर प्राविधिक शिक्षामा जोड दिनुपर्छ,’ अर्थमन्त्री खतिवडाले भने ।

सांसद छविलाल विश्वकर्माले रुपन्देहीमा देखिएको सुकुम्वासी र अव्यवस्थित बसोबासको समस्यालाई सधैँभरि अन्त्य हुने गरी समाधान गर्न अनुरोध गर्दै देवदहमा बौद्ध विश्वविद्यालय निर्माणका लागि भौतिक पूर्वाधारको काम छिटो टुङ्गो लगाउनुपर्ने बताए ।

क्याम्पसका कार्यवाहक अध्यक्ष दुर्गाप्रसाद पौडेलको अध्यक्षतमा सो कार्यक्रम भएको थियो । विसं २०६५ देखि शिक्षा र व्यवस्थापन सङ्कायमा क्याम्पसले स्नातक तहमा अध्यापन गराउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस