हाम्रो पार्टीका मान्छे आयोगमा नियुक्त गरेको छैन : प्रधानमन्त्री « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

हाम्रो पार्टीका मान्छे आयोगमा नियुक्त गरेको छैन : प्रधानमन्त्री


प्रशासन संवाददाता

१७ चैत्र २०७५, आइतबार


विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन आयोगका प्रमुख आयुक्त नियुत्तिका विषयमा सरकारले एकलौटी निर्णय नगरेको दाबी गरेका छन् ।

‘एकलौटी हैन। हाम्रो पार्टीका मान्छे नियुक्त गरेको पनि छैन। कांग्रेस पार्टीका सभापति देउवासँग परार्मश गरिएको थियो। निर्णय गर्ने बैठकमा बस्न नमान्नु भएको मात्रै हो,’ उनले भने। प्रधानमन्त्री ओलीले सबैकुरामा प्रतिपक्षी कांग्रेसले भागवण्डा खोजेकोका कारण सरकारमाथी एकलौटी गरेको आरोप लगाएको दाबी गरे।

प्रदेश १ का विभिन्न कार्यक्रमा भाग लिन आइतबार विराटनगर आइपुगेका प्रधानमन्त्री ओलीले सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रमुख आयुक्तको चयन गर्दा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल भएको बताए ।

उनले लगानी सम्मेलनमा खोट लगाउने ठाउँ नरहेको बताएका छन्। ‘सम्मेलन धेरै उत्साहपूर्ण रह्यो,’ प्रधानमन्त्री ओलीले भने, ‘सोचेभन्दा धेरै राष्ट्रहरुको सहभागिता पनि थियो। अब नेपालको विकासलाई कसैले रोक्न

Tags :
प्रतिक्रिया दिनुहोस