स्थगित एसईई परीक्षाको तालिका आज सार्वजनिक हुँदै « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

स्थगित एसईई परीक्षाको तालिका आज सार्वजनिक हुँदै


१७ चैत्र २०७५, आइतबार


काठमाडौं । स्थगित एसईई परीक्षाको तालिका आज सार्वजनिक हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले प्रदेश २ मा स्थगित एसईई चैतभित्रै गर्ने गरि तयारी अघि बढाएको हो ।

बोर्डका सदस्यसचिव दुर्गाप्रसाद अर्यालले प्रदेश २ मा स्थगित र रद्द भएका परीक्षा चैत महिनाभित्रै गर्न समयतालिका निमार्णको गृहकार्य गरिरहेको जानकारी दिए।

चैत १० गते शुरु भएको माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसईई) देशभर चैत २१ गते सकिने समयतालिका थियो ।

प्रदेश २ मा चैत १४ गतेको विज्ञान विषयको प्रश्नपत्र परीक्षाभन्दा पहिल्यै बाहिरिएपछि रद्द गरिएको हो ।

प्रतिक्रिया दिनुहोस