प्रदेश ३ को योजना आयोगमा दुई सदस्य थप « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

प्रदेश ३ को योजना आयोगमा दुई सदस्य थप


१६ चैत्र २०७५, शनिबार


हेटौँडा । प्रदेश ३ को योजना आयोगमा दुई सदस्य थप भएका छन् ।

प्रदेश ३ को मन्त्रीपरिषद बैठकले डा. रेणु राजभण्डारी र डा. रामचन्द्र ढकाललाई सदस्यमा नियुक्त गरेको हो ।

उनीहरुको नियुक्तिसँगै अब प्रदेश नीति तथा योजना आयोग चार सदस्यीय बनेको छ ।

यस अघि आयोगमा उपाध्यक्ष डा. खिमलाल देवकोटा र सदस्य श्याम बस्नेत मात्रै थिए । नयाँ सदस्यको नियुक्तिसँगै आयोग अध्यक्षसहित पाँच सदस्यीय बनेको छ ।

अध्यक्षमा मुख्य मन्त्री स्वयम रहेका छन् । मुख्यमन्त्री बाहेक आयोग पाँच सदस्यीय हुनुपर्ने प्रावधान रहेकोमा थप एक जना सदस्य थपिने बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस