काठमाडौँ । सरकारले संघीय संरचनाअनुसार संघ, प्रदेश र स्थानीय तहमा कर्मचारीको समायोजन गर्ने कार्य सम्पन्न भएको घोषणा गरेको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बिहीबार सिँहदरवारमा आयोजित पत्रकार सम्मेलनमार्फत सबै कर्मचारीको समायोजन सकिएको जानकारी दिएको हो ।
सम्बन्धित समाचार : समायोजन सकिएको घोषणा गरिँदै, ११ बजेभित्र स्वास्थ्यको पनि सूची सार्वजनिक गरिने
मन्त्रालयका अनुसार स्वास्थ्यकासहित एक लाख ३१ जना कर्मचारी समायोजन भएका छन् । तर स्वास्थ्य सेवा लगायत अन्य छुटपुट विवरणहरु मन्त्रालयको वेवसाईटमा भने देखिँदैन ।
आयोजित पत्रकार सम्मेलनमा बोल्दै सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले समायोजन सकिएको र पत्र दिने काम भइरहेको बताए ।
प्रस्तुत गरको विवरण अनुशार संघमा ३९ हजार ९ सय ६०, प्रदेशमा १३ हजार आठ सय २१ र स्थानीय तहमा ४३ हजार आठ सय सात जना कर्मचारी समायोजन भएका छन् । जसमध्ये प्रदेशमा समायोजन गरिएका कर्मचारीहरुमा प्रदेश एकमा दुई हजार चार सय १५, प्रदेश दुईमा एक हजार आठ सय १२, प्रदेश तीनमा दुई हजार पाँचसय २५, गण्डकी प्रदेशमा एक हजार सात सय ४८, प्रदेश पाँचमा दुई हजार पाँच सय ३२, कर्णाली प्रदेशमा एक हजार तीन सय ३४ र सुदूर पश्चिम प्रदेशमा एक हजार चार सय ५५ रहेका छन् ।
हेर्नुहोस् समायोजन सम्बन्धी मन्त्रालयद्वारा प्रस्तुत जानकारीको पूर्णपाठ