२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वन संरक्षण जनचेतना सप्ताह सम्पन्न

अ+ अ-

विराटनगर । वनमा डढेलो लाग्न नदिन सम्बन्धित निकायले विशेष ध्यान दिनुपर्ने सहभागीले जोड दिएका छन् । प्राकृतिक सम्पदाको रुपमा रहेको वनबाट मानव जीवनमा निकै फाइदा रहेकाले यसको संरक्षण, संवर्धनन हुनु जरुरी रहेको सरोकारवालाको भनाइ छ ।

निजी, साझेदारी र सामुदयिक वन गरी मोरङमा ५५ हजार ५०० हेक्टर जग्गामा वन छ भने समग्र जिल्लाको २९.९ प्रतिशत क्षेत्रफल वनले ढाकेको छ । प्रायः फागुनदेखि जेठ महीनामा वनमा डढेलो लाग्ने गरेको पाइएको छ भने विशेष गरेर मानवका कारण वन डढेलो लाग्नु र वन क्षेत्रमा रहेका बस्ती पनि जोखिममा पर्ने भएकाले यसतर्फ सम्बन्धित निकायले निगरानी बढाउन डिभिजन वन कार्यालयले ‘डढेलो नियन्त्रण गरौँ, वन जोगाऔँ’ भन्ने प्रमुख नाराकासाथ वन डढेलो नियन्त्रण जनचेतना सप्ताह बुधबार सम्पन्न गरेको छ ।

वनमा पसेर घाँसपात गर्ने, पिकनिक मनाउने, निगरो र च्याउका निम्ति मानिसले आगो लगाउने गरेको तथ्य सार्वजनिक भएको छ भने कतिपय सामुदायिक वन उपभोक्ता समितिले डढेलो शीर्षकमा राखेका रकम खर्च गर्न पनि वनमा आगो लाग्ने गरेको अनुमान बाहिर आएको छ । वनमा आगो लाग्दा रुखको फेदमा रहेका स–साना बोटबिरुवा, घाँसपात, झार डढ्नुका साथै वनमा आश्रित वन्यजन्तु पनि जलेर खरानी हुनुले ठूलो समस्या देखिएको छ ।

मोरङको वेतना सीमसार सामुदायिक वन उपभोक्ता समितिको सभाहलमा आयोजित पत्रकार र वनका पदाधिकारी एवं सञ्चारकर्मीसँगको छलफलमा डिभिजन वन कार्यालय मोरङका प्रमुख विशाल घिमिरेले वन हामी मानवका निम्ति अत्यन्त आवश्यक रहेकाले यसलाई जोगाउनु हाम्रो धर्म हो भने । पथरी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष प्रकाश पौडेलले वन क्षेत्रमा दैनिक आगलागी भइरहेकाले आगो निभाउन परम्परागत प्रविधि तथा उपाय अतिरिक्त आधुनिक प्रविधि र उपकरण प्रयोग गर्नुपर्ने सुझाव दिए।

ग्रामीण सुधार सामुदायिक वनका अध्यक्ष अमर सङ्ग्रौला, सञ्चारकर्मी गोपाल काफ्ले, भीमराज अधिकारी, मोहन भट्टराई र भक्तशेर लिम्बूले वन राष्ट्रको धन भएकाले यसको विनाशभन्दा विकास र विस्तारमा लाग्नुपर्नेमा जोड दिए । रासस

प्रतिक्रिया दिनुहोस