२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्वास्थ्य कार्यालयको उद्घाटन

अ+ अ-

बेनी । गण्डकी प्रदेश सरकार मातहतमा रहेको स्वास्थ्य कार्यालय म्याग्दीको बेनीमा उद्घाटन गरिएको छ । सङ्घीयता कार्यान्वयनपछि गत साउनमा खारेज भएको जिल्ला स्वास्थ्य कार्यालय गण्डकी प्रदेश, सामाजिक विकास मन्त्रालयअन्तर्गत रहने गरी पुनःस्थापना भएको हो ।

नयाँ स्थापना गरिएको कार्यालयको गण्डकी प्रदेश, सामाजिक विकासमन्त्री नरदेवी पुनले बुधबार उद्घाटन गरे । कार्यालयमा जनस्वास्थ्य अधिकृतसहित ११ कर्मचारीको दरबन्दी छ । प्रदेश सरकारमातहत रहेका जिल्लाका स्वास्थ्य संस्थामा प्राविधिक सहयोग, कर्मचारी र स्वास्थ्यकर्मीको क्षमता विकास, तालीम सञ्चालन, औषधि आपुर्तिसँगै अन्तरपालिका समन्वयको काम गरिने जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख भीमप्रसाद आचार्यले जानकारी दिए ।

कार्यालयलाई यस वर्ष प्रदेश सरकारमार्फत कूल एक करोड ८४ लाख बजेट प्राप्त भएको छ । कार्यालयको उद्घाटन गर्दै मन्त्री पुनले स्वास्थ्य क्षेत्र अत्यन्तै संवेदनशील रहेकाले जनतालाई सरल र सहज तवरले सेवा प्रवाहको लागि गण्डकी प्रदेशका ११ वटै जिल्लामा स्वास्थ्य कार्यालय स्थापना गरिएको बताए ।

कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य विनोद केसी, सामाजिक विकास मन्त्रालयका सचिव दीर्घनारायण पौडेल, बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठ, सहायक प्रमुख जिल्ला अधिकारी लीलादेवी अर्याल र बेनी अस्पतालका निमित्त प्रमुख डा. मनोज घिमिरेले कार्यालय स्थापनाले जिल्लाको स्वास्थ्य क्षेत्रलाई टेवा पुग्ने विश्वास व्यक्त गरे ।