काठमाडौं । पूर्वप्रधानमन्त्री झलनाथ खनालले व्यक्तिगत वा मानसिक शान्ति तथा सामाजिक शान्ति बहुआयामिक विधिबाट सम्बोधन गरिनुपर्ने बताएका छन् ।
भारतको केरला, त्रिवेन्द्रम पोथेनकोडमा भएको सन्तगिरि आश्रम हीरक जयन्तीका अवसरमा आयोजित सभालाई सम्बोधन गर्दै उनले मानसिक शान्ति मैत्री, करुणा, दया, संयम, नम्रता, क्षमा, अहिंसा, प्रेम र अहङ्कारबाट तथा सामाजिक शान्ति सामाजिक न्याय र विकासबाट प्राप्त हुन सक्ने स्पष्ट गरे ।
उनले आश्रमले चलाएको सनातन गुरुशिष्य परम्परा, लोकोपकारी र मानवीय गतिविधि तथा धर्मनिरपेक्ष आध्यात्मिकता र सांस्कृतिक सद्भावको अभियान नेपालमा पनि चलाउनका लागि आश्रमसँग मिलेर काम गर्न सकिने बताए।
मङ्गलबार आयोजित कार्यक्रममा उनले पद्भूषण भरत मोहनलाललाई उनले मलायम सिनेमामा दिएको योगदानवापत सन्तगिरि प्रणव पद्म पुरस्कार पनि प्रदान गरे । आइतबार त्यसतर्फ गएका थिए ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता खनाल श्रीलङ्कामा हुने एशियाली राजनीतिक दलहरुको अन्तरराष्ट्रिय सम्मेलन (आइक्याप) बैठकमा पनि सहभागी हुनेछन् ।







