प्रमुख निर्वाचन आयुक्तमा दिनेश थपलिया सिफारिस « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

प्रमुख निर्वाचन आयुक्तमा दिनेश थपलिया सिफारिस


प्रशासन विशेष ब्युरो

११ चैत्र २०७५, सोमबार


काठमाडौँ । निर्वाचन आयोगको प्रमुख आयुक्तमा दिनेशकुमार थपलियालाई सिफारिस गरेको छ ।

संवैधानिक परिषद्को सोमबार बसेको बैठकले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव थपलियालाई प्रमुख निर्वाचन आयुक्तमा नियुक्त गर्न सिफारिस गरेको हो ।

निवर्तमान प्रमुख आयुक्त डा.अयोधीप्रसाद यादवले आइतबार मात्रै अवकास पाए पछि प्रमुख निर्वाचन आयुक्त रिक्त भएको थियो ।

पाँच सदस्यीय निर्वाचन आयोगमा प्रमुख आयुक्त र अन्य आयुक्त गरी पाँच जना सदस्य रहने व्यवस्था छ । प्रमुख आयुक्त यादव र इला शर्मा आइतबार मात्रै सेवा निवृत्त भएसँगै हाल हाल नरेन्द्र दाहाल, ईश्वरीप्रसाद पौड्याल र सुधीर शाह आयोगका सदस्य छन् ।

प्रतिक्रिया दिनुहोस