२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पुनःस्थापना केन्द्र अधुरै

अ+ अ-

सिञ्जा । स्थानीय तहले बजेट विनियोजन नगरेपछि जुम्लामा निर्माणाधीन अपाङ्ग पुनःस्थापना केन्द्र वर्षौंदेखि अधुरै रहेको छ । तत्कालीन जिल्ला विकास समितिले २९ लाखमा अपाङ्ग पुनःस्थापना केन्द्र निर्माण थालेको हो ।

पुनःस्थापना केन्द्रका लागि त्यतिबेला १२ लाख विनियोजन गरिएको थियो । पछि स्थानीय तह आएपछि निर्माणाधीन भवनका लागि बजेट नछुट्टयाउँदा भवन निर्माण अधुरै रहेको अपाङ्ग महासङ्घका केन्द्रीय सदस्य नेत्रबहादुर शाहीले बताए । उनले भने, “बजेट कहिँतकैबाट उपलब्ध हुन सकेको छैन ।” स्थानीय तहले पुनःस्थापना केन्द्रका लागि बजेट विनियोजन नगरेको अपाङ्ग पुनःस्थापना तथा विकास केन्द्रले जनाएको छ । केन्द्रकै पहलमा तत्कालीन जिविसले पुनःस्थापना केन्द्र निर्माण थालेको थियो ।

“बजेट अभावले भवन निर्माण अलपत्र अवस्थामा छ”, केन्द्रका अध्यक्ष नन्दराज धितालले भने। अपाङ्गता भएका व्यक्तिलाई पुनःस्थापना गर्न तथा विभिन्न सीपमूलक तालीम सञ्चालन गरी स्वरोजगार बनाउने उद्देश्य छ ।

यसैगरी जुम्ला र डोल्पालाई जोड्ने दानसाघु पक्की पुल बजेट अभावमा अधुरै छ । पुरानो बसपार्कस्थित नगरपालिकालाई चक्रपथसँग जोड्ने पुल निर्माण पनि अधुरै छ । स्थानीय तह आएपछि तत्कालीन जिविसबाट सञ्चालित सबै योजना अधुरै रहेको जिससका कार्यक्रम अधिकृत क्षेत्रबहादुर बुढ्थापाले भने । “निर्माण समितिका व्यक्ति हामीकहाँ आउँछन्, हामीसिा बजेट छैन”, उनले भने।

स्थानीय सरकारले पुराना निर्माणाधीन योजनालाई बजेट नदिएपछि अहिले काम अधुरै छाड्नु परेको दानसाघु पुलका ठेकेदार राजुसिंह कठायतले बताए । उनले भने, “दुईपटक डिजाइन गरे । दोहोरो खर्च भयो, प्रदेश तथा सङ्घीय सरकारलाई गुहार्नु परेको छ ।” अहिले ४२ योजनाको काम ठप्प छ । सडक, पक्की पुल, भवन, खानेपानी, सिँचाइ, नहर, विद्यालय घेरबारलगायत योजना बजेट अभावमा अलपत्र छन् । रासस