४ किलो चरेशसहित दुई पक्राउ « प्रशासन
Logo २० जेष्ठ २०८१, आइतबार
   

४ किलो चरेशसहित दुई पक्राउ


प्रशासन संवाददाता

७ चैत्र २०७५, बिहिबार


घुससहित रंगेहात पक्राउ

काठमाडौं । महानगरीय प्रहरी अपराध महाशाखाले चरेशसहित २ जनालाई पक्राउ गरेको छ । धादिङको थाक्रेका रामचन्द्र परियार र सानुभाइ दर्जीलाई ४ किलो ६३० ग्राम चरेशसहित पक्राउ गरिएको महाशाखाले जानकारी दिएको छ ।

लागुऔषध चरेशको कारोवार गर्ने गरेको भन्ने सूचनाका आधारमा महाशाखाबाट खटिएको प्रहरी टोलीले चलाएको खोजी अभियानका क्रममा काठमाडौँ महानगरपालिका–१५ चमतीमा उनीहरुलाई पक्राउ गरिएको हो ।

सानुभाइ दर्जीको कोठा खानतलासी लिँदा झोलाबाट नौ वटा प्याकेटमा चार किलो ६३० ग्राम चरेश फेला परेको महाशाखाका निमित्त प्रमुख केदार ढकालले जानकारी दिए ।

पक्राउ परेका दुबै जनालाई आवश्यक कारवाहीका लागि आज महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको उनले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस