भिरबाट लडेर पर्यटकको मृत्यु « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

भिरबाट लडेर पर्यटकको मृत्यु


६ चैत्र २०७५, बुधबार


कास्की । मर्दी हिमाल पदयात्राका क्रममा एक पर्यटकको भिरबाट लडेर मृत्यु भएको छ ।

पदयात्रामा आएका जापानका ६४ वर्षीय नाजासावा माजासीको आज माछापुच्छ्रे गाउँपालिका–९ स्थित मर्दी हिमालको भ्यू प्वाइन्टमा पुगेर होटल फर्कने क्रममा लडेर मृत्यु भएको हो ।

यही चैत १ गते काठमाडौँको हिमालयन शेर्पा एडभेञ्चर कम्पनीबाट चार जापानी र २ नेपाली पथप्रदर्शक सो क्षेत्रमा पदयात्रामा गएका थिए । माजासीको लडेर मृत्यु भएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत फुर्पा शेर्पाले जानकारी दिए ।

उनी बाटोबाट चिप्लिई करीब ७०० मिटर तल खसेको पथप्रदर्शक पासाङ दावा शेर्पालाई उद्धृत गर्दैै जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक रवीन्द्रमान गुरुङले जानकारी दिए ।

हेलिकप्टरबाट उद्धार गर्न खोजे पनि खराब मौसमका कारण सम्भव हुन सकेन । घटनास्थल पुग्न माछापुच्छ्रेको सिदिङबाट पैदल दुई दिन लाग्छ ।

Tags :
प्रतिक्रिया दिनुहोस