२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नागरिकता विधेयक फिर्ता लिन माग

अ+ अ-

काठमाडौं । नेकपा (माले)ले संघीय संसद्मा पेश गरेको नागरिकता ऐन–२०६३ को संशोधन विधेयकका आमाको नामबाट वंशजको नागरिकता पाउनुपर्ने र नेपाली पुरुषसँग विवाह गरेकी विदेशी महिलाले स्वतः अङ्गीकृत नेपाली नागरिकता पाउनुपर्नेजस्ता माग राष्ट्रिय हित विपरीत रहेको ठहर गरेको छ ।

पार्टीका महासचिव सिपी मैनालीको अध्यक्षतामा केन्द्रीय कार्यालय, रातोपुल, काठमाडौँमा सम्पन्न स्थायी कमिटीको बैठकले सरकारले संसद्मा विचाराधीन रहेको नागरिकता संशोधन विधेयकलाई फिर्ता लिई विशेषज्ञ र जनस्तरसम्म व्यापक छलफल चलाउँदै उपरोक्त माग सम्बन्धमा राष्ट्रिय हित अनुकूलका प्रावधान ऐनमा समेट्न माग गरेको हो ।

विसं २०४६ चैत मसान्तभित्र नेपालमा जन्मी यहीँ बसोबास गर्ने आधारमा जन्मसिद्ध नेपाली नागरिकता प्राप्त गर्नेका सन्तानले त्यसप्रकार वितरित भएका नागरिकता प्रमाणपत्रको न्यायिक छानबिन गर्न सरकारलाई आग्रह गरेको छ ।

कुनै मापदण्डबिना आमाको नामबाट वंशजको नेपाली नागरिकता पाउनुपर्ने र नेपाली नागरिकता कायम राख्तै विदेशीसँग विवाह गर्ने विषयले राष्ट्रियता कमजोर बनाउने निष्कर्ष निकालेको छ ।

सेना परिचालनमा राष्ट्रिय सुरक्षा समिति र राष्ट्रपतिको भूमिकालाई न्यूनीकरण गरिएमा जनतामाथि निरङ्कुशतन्त्र र सैनिक शासनको खतरा बढने हुँदा त्यसतर्फ सतर्क हुन सरकरलाई बैठकले आग्रह गरेको छ ।