काठमाडौंका प्रमुख सडकमा ८ हजारबत्ती जडान हुने « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

काठमाडौंका प्रमुख सडकमा ८ हजारबत्ती जडान हुने


प्रशासन संवाददाता

४ चैत्र २०७५, सोमबार


काठमाडौं । रातिको समयमा हुने दुर्घटना र आपराधिक क्रियाकलाप न्यूनीकरण गर्ने उद्देश्यले काठमाडौंका प्रमुख सडकमा ८ हजारबत्ती जडान गर्ने भएको छ ।

आगामी वैशाख १ गतेबाट कलङ्की–एयरपोर्ट, त्रिपुरेश्वर–चक्रपथ र थापाथली–कमलपोखरी हुँदै पुतलीसडक खण्डमा सो बत्ती जडान गर्ने काठमाडौँ महानगरपालिकाले जनाएको छ । बत्ती जडान गर्नका लागि महानगरपालिकाले चालू आर्थिक वर्षमा रु पाँच करोड बजेट विनियोजन गरेको कामपाका प्रवक्ता ईश्वरमान डङ्गोलले जानकारी दिए ।

‘सबै वडाबाट १६ हजार बत्ती जडान गर्नका लागि माग आएको छ’, उनले भने, ‘माग अनुसार बत्ती जडान गर्ने हो भने रु १० देखि १५ करोड खर्च हुने अनुमान छ ।’

रातिको समयमा हुने सडक दुर्घटना, चोरी र यात्रुलाई आवतजावत गर्नका लागि सहज होस् भनेर बत्ती राख्न लागिएको प्रवक्ता डङ्गोलले जानकारी दिए । आगामी वैशाखदेखि शुरु गरी यसै आर्थिक वर्षभरीमा सक्ने लक्ष्यका साथ काम अघि बढाइने पनि कामपाले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस