२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जनप्रतिनिधिको यातायात सुविधाको रकम जनताको सेवामा

अ+ अ-

गाईघाट । स्थानीयतहका जनप्रतिनिधिले पहिला आफ्नै लागि सवारी साधन किन्ने होडबाजी भइरहेका बेला उदयपुर जिल्लाको लिङचुङबुङ गाउँपालिकाका जनप्रतिनिधले भने आफ्ना सुविधाका लागि गाडी किन्नुभन्दा जनताको दैनिक जीवन यापनमा सहज बनाउन सार्वजनिक बस किन्ने निर्णय गरेका छन् ।

जिल्लाकोे चार नगरपालिका र चार गाउँपालिकामध्ये चार नगरपालिकाले यसअघि नै प्रमुख तथा उपप्रमुखका लागि गाडी किनिसकेको छ भने तीन गाउँपालिकाले पनि अध्यक्ष तथा उपाध्यक्षका लागि गाडी किनिसकेका छन् लिङचुङबुङ गाउँपालिकाको शनिबार बसेको बैठकले गाउँपालिकाका जनताको सुबिधाका लागि बस किन्ने निर्णय गरेको अध्यक्ष मेजरकुमार राईले बताए ।

जिल्लाको सदरमुकाम गाईघाट, मुर्कची हुँदै हलेसी सडकमार्ग खण्डको लिङचुङबुङसम्म यातायात सञ्चालनको लागि बस किन्ने निर्णय गरिएको उनले जानकारी दिए । किन आफूहरुको सुविधा कटौटी गरेर बस किन्ने निर्णय गर्नुभयो भन्ने प्रश्नको जवाफमा अध्यक्ष राईले भने “हाम्रो गाउँपालिका उदयपुरको विकट पहाडी क्षेत्रको गाउँपालिका हो, जनताका लागि जिल्लाको सदरमुकाम गाईघाट वा मुर्कुची बजारसम्म आवतजावतका लागि सार्वजनिक यातायातको साधन छैन, हामी जनप्रतिनिधिका लागि किन सेवा सुविधा चाहियो, पहिला जनताको सुविधाका लागि दुईवटा बस किन्न करीब रु ५९ छुट्याएका छौँ । ”

अहिले स्थानीय तहका जनप्रतिनिधि सेवा तथा सुविधा भोगी बन्दै गएका कारण जनताको स्थानीय सरकारप्रति वितृष्णा फैलिँदै गएको हुनाले पनि आफूहरुले सेवा सुविधा त्यागेर जनताका लागि काम शुरु गरेको गाउँपालिकाका उपाध्यक्ष रमिला राईले बताए । उक्त गाउँपालिकाले अब छिट्टै दुईवटा बस गाईघाट, मुर्कुची, माझखर्क लिङचुङबुसम्म बस सञ्चालन गरेर गाउँका जनतालाई आवतजावत गर्न सहज बनाउने कार्य शुरु गर्न लागेको पनि जनप्रतिनिधि बताउँछन् ।गाउँपालिकाले सञ्चालन गर्ने बस नियमित सञ्चालनका लागि उदयपुरको रौतामाईको मुर्कची बजारदेखि लिङचुङबुङसम्मको झण्डै २५ किलोमिटर सडक सुधारका लागि रु ३० लाख बजेट छुट्याइएको बताइएको छ । रासस