जिम्बाब्वेमा आँधीका कारण ३१ को मृत्यु, कैयौँ बेपत्ता « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

जिम्बाब्वेमा आँधीका कारण ३१ को मृत्यु, कैयौँ बेपत्ता


३ चैत्र २०७५, आइतबार


हरारे, जिम्बाब्वे । जिम्बाब्वेको पूर्वीक्षेत्रमा आएको आँधीका कारण मृत्यु हुनेको सङ्ख्या ३१ पुगेको यहाँका अधिकारीले शनिबार जनाएका छन् ।

मोजाम्बिक नजिकैको सीमा क्षेत्रमा आएको आँधीका कारण अझै पनि ७१ व्यक्ति हराइरेहका छन् ।

आँधीका कारण हजारौँ व्यक्ति प्रभावित भएका र प्रभावित क्षेत्रमा विद्युत् काटिएको छ भने पुलहरू बाढीले बगाएको छ ।

पछिल्लो जानकारीअनुसार ३१ जनाको मृत्यु हुनुको साथै ७१ वेपत्ता रहेका छन् । आँधी र आँधीपछि आएको बाढीका कारण २५ घर निशाना पनि भेट्न नसकिने गरी बगाएको बताइएको छ ।

बाढी, पहिरो र आँधीका कारण सयौँ घरमा क्षति पुगेको छ । सीमा क्षेत्रमा रहेको एक विद्यालयबाट सेना र उद्वारकर्ता गरेको कारबाहीको क्रममा करिब २ सय विद्यार्थीको उद्वार गरिएको बताइएको छ । रासस/एएफपी

प्रतिक्रिया दिनुहोस