२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चकलाबन्दी खेती गरी उत्पादन बढाउनुको विकल्प छैन : प्रधानमन्त्री ओली

अ+ अ-

विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले कानूनबमोजिमबाहेकका कुनै पनि काम गर्न सरकारले छुट नदिने बताएका छन् । कृषि तथा पशुपक्षी विकास मन्त्रालयद्वारा आज यहाँ आयोजित फलफूल तथा तरकारी थोक बजार उद्घाटन गर्दै उनले चन्दाका नाममा जनतालाई धम्काउने र त्रास देखाउने गतिविधि लोकतन्त्रमा चल्दैन भने ।

प्रधानमन्त्री ओलीले बजारको साँचो प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईलाई हस्तान्तरण गरे भने जग्गादाता जनप्रिय मावि, कटहरी गाउँपालिका अध्यक्ष र निर्माण कम्पनीलाई सम्मान गरे ।

प्रधानमन्त्री ओलीले पृथकतावाद समाप्त भएकाले शान्तिपूर्ण ढङ्गले देश सञ्चालनमा लाग्न सबैलाई आग्रह गरे । लोकतन्त्रको आवरणमा नेत्रविक्रम चन्द समूहले गरेका अराजक गतिविधिमा प्रतिबन्ध लगाइएको प्रष्ट पार्दै उनले कानूनी परिधिभित्र आफ्ना राजनीतिक क्रियाकलाप गर्न र हतियार बुझाउन सरकारले समय दिएको स्पष्ट गरे ।

प्रधानमन्त्री ओलीले कृषिप्रधान मुलुकमा राष्ट्रिय आयमा देखिएको योगदानले कृषिप्रधान देश भन्न सक्ने अवस्था नरहेको बताउँदै कृषि उत्पादन र उत्पादकत्व बढाउन आग्रह गरे ।

उनले यस किसिमको बजार अन्य जिल्लामा पनि विस्तार गरिने तथा कृषि पेशालाई मर्यादित बनाउन र युवालाई यसमा समाहित गर्नका लागि कृषिको आधुनिकीकरण र यान्त्रिकीकरण गर्न सरकार लागिपरेको जानकारी दिए । “जमीन खण्डीकरणको समस्या समाधान गर्न र उत्पादन बढाउन सरकारले चकलाबन्दी खेती गर्न योजना बनाइरहेको छ, सहकारी माध्यमबाट चकलाबन्दी खेती गरी उत्पादन बढाउनुको विकल्प छैन’, उनले भने ।

उनले सगरमाथा, गौरीशङ्कर जस्ता थुप्रै हिमालका पानी सो प्रदेशमा आउने भएकाले त्यहाँको उर्वरा जमीनमा उत्पादन बढाउन तथा अलैँची, चिया र सुपारी उत्पादन हुने भएकाले बहुबाली उत्पादमा ध्यान दिनुपर्छ भने ।

उनले उत्पादन बढाई वस्तु निर्यात गरेर अर्थतन्त्रलाई बलियो बनाउनुपर्नेमा पनि जोड दिए । प्रधानमन्त्री ओलीले युवालाई हौसला प्रदान गर्दै पछौटेपनलाई समाप्त गर्नका लागि जनप्रतिनिधि र राष्ट्रसेवक कर्मचारीलाई सचेतनाको अभियान सञ्चालन गर्न आग्रह गरे । विकास र समृद्धिको यात्रामा हिँड्न जनप्रतिनिधि र राष्ट्रसेवक कर्मचारीले जनतालाई अभिभावकत्व दिनुपर्ने उनको भनाइ थियो ।

सो अवसरमा प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले कृषिमा आधुनिकीकरण र यान्त्रिकीकरण शुरु भइसकेको जानकारी दिँदै सो बजारलाई व्यवस्थित र प्रभावकारी ढङ्गले सञ्चालन गर्न प्रदेश सरकारले नियमन गर्ने बताए । कृषि तथा पशुपक्षी विकास राज्यमन्त्री रामकुमारी चौधरीले देशभरिमा ३१ कृषि बजार र केही शीतगृह बनाउने सरकारको योजना रहेको जानकारी दिए ।

कृषि सचिव डा युवकध्वज जोशीले उत्पादक र उपभोक्ताबीचमै बिचौलियाले खेल्ने खेल सो बजारले समाप्त गर्ने विश्वास व्यक्त गरे । कटहरी गाउँपालिकाका अध्यक्ष रामकुमार कामतले तीन नदीले घेरिएको कटहरी गाउँपालिकामा बाढीको समस्या रहेको अवगत गराए।

स्थानीय जनप्रिय मावि कटहरीले ४ बिघा र कटहरी गाविसले १८ कठ्ठा २ धुर उपलब्ध गराएको सो जग्गामा निर्माण भएको अत्याधुनिक कृषि थोक बजारमा तरकारी ४५ हजार मेट्रिकटन र फलफूल १० हजार मेट्रिकटन अट्ने क्षमता छ । नेपाल सरकार र विश्व बैँकको अनुदानमा रु १५ करोड ४८ लाख ४९ हजार लागतमा भूमि कन्सट्रक्सन प्रालिले बजार निर्माण गरेको हो ।

बजारले सुनसरी, मोरङ, झापा र धनकुटाका कृषकलाई लाभान्वित गराउने अपेक्षा गरिएको छ । बजारमा थोक बिक्रेताका लागि ४० र खुद्रा बिक्रेताका लागि ३५ कक्ष बनाइएको छ । बजारभित्र एक प्रशासनिक भवन र बैंक पनि रहने छ ।