२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पन्ध्र सयलाई स्वरोजगार तालीम

अ+ अ-

तुलसीपुर । नेपाल सरकारको स्वरोजगार अवधारणाअनुरूप दाङमा पन्ध्र सयलाई यस वर्ष विभिन्न तालीम दिइने भएको छ । राप्ती प्राविधिक शिक्षालय दाङले प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् अन्र्तगत १९ विधामा छोटो अवधिको तालीम यस वर्ष शुरु गरेको प्राविधिक शिक्षालयका प्रमुख मोतीलाल चौधरीले जानकारी दिए।

नेपालमै युवायुवतीलाई विभिन्न व्यावसायिक तालीम सञ्चालन गरी दक्ष जनशक्ति उत्पादन गरी स्वरोजगार बनाउन तालीम दिन शुरु गरिएको चौधरीको भनाइ छ । “नेपाल सरकारले देशभरि ४२ हजारलाई तालीम दिने योजना ल्याएको थियो, त्यसमा पनि यस वर्ष प्रदेश नंं ५ अन्तर्गत दाङमा पन्ध्र सयलाई स्वरोजगारमूलक विभिन्न तालीम शुरु गरेका छौँ”, उनले भने ।

प्राविधिक शिक्षालयले ब्युटिसियन, सिलाइकटाइ, पेन्टर, प्लम्बर, जुनियर मेकानिक्स, अप्टिकल डिस्पेन्सर (चश्मा बनाउने) तालीम लगायतका १९ वटा तालीम यस वर्ष सञ्चालन गरेको बताएको छ । त्यस्तै लमहीमा शनिबारदेखि ६५ दिने अप्टिकल डिस्पेन्सर (चश्मा बनाउने) तालीम शुरु भएको छ ।

बीस जना सहभागी रहेको तालीमको प्रशिक्षकमा दृष्टि विशेषज्ञ मदन चौधरी र प्रकाश चौधरी रहेको राप्ती प्राविधिक शिक्षालयका तालिम संयोजक कुलराज चौधरीले जानकारी दिए ।

स्वास्थ्य चौकीलाई एम्बुलेन्स

तुलसीपुर उपमहानगरपालिकाले विकट वडालाई लक्षित गरेर एम्बुलेन्स सञ्चालनमा ल्याएको छ । उपमहानगरपालिकाका सम्पूर्ण वडामा एम्बुलेन्स सञ्चालन गर्ने योजना बनाएको उपमहानगरपालिकाले पहिलो चरणमा ३ वटा वडामा एम्बुलेन्स सञ्चालनमा ल्याएको हो ।

वडा नम्बर १, १३ र १९ मा एम्बुलेन्स सञ्चालनमा ल्याइएको उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख डा गोकर्ण दाहालले जानकारी दिए। उनका अनुसार उपमहानगरपालिकाका विकट वडा ४,७, ११, १५, १७ मा पनि यसै आर्थिक वर्षमा एम्बुलेन्स सञ्चालन गरिने छ । उपमहानगरपालिकाले सञ्चालन गरेका एम्बुलेन्समा सुत्केरी महिला र ज्येष्ठ नागरिकलाई ५० प्रतिशतसम्म छुटको व्यवस्था गरिएकोछ ।